कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर र जमुनिया विजयी

9 महीना पहिले प्रकाशित

(2082-06-31 B.S.)

1014 पटक देखिएको

संतोष सिंह 
महोतरी, असोज ३१ गते ।

गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको पाहिलो दिनको खेलमा आयोजनक सामुदायिक विकास युवाक्लब, टुटेश्वर र जमुनिया विजयी भएको छ ।
हिन्दुहरुको महान चाड दिपावली र छठ पर्वको अवसरमा सामुदायिक विकास युवा क्लब कान्तिबजार परडियाले शुक्रबार देखि बाके खोला स्थित फुटबल मैदानमा आयोजना गरेको फुटबल टुर्नामेन्टको पहिलो खेलमा रानाटोललाई स्कुलटोल टुटेश्वरले पेनाल्टी सुटआउटमा पराजित गरेको छ । दुबै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा टुटेश्वर विजयी भएको हो ।
शुक्रबार नै भएको दोश्रो खेलमा निगौल फुटबल क्लबलाई आयोजक सामुदायिक विकास युवा क्लबले ०–३ गोल अन्तरले पराजित गरेको छ । सामुदायिक विकास युवा क्लबको तर्फबाट राहुल तमाङ्गले २ र सुदिप तमाङ्गले १ गोल गरेका थिए । खेल अवधि भरी नै सामुदायिक विकास युवा क्लबको खेलाडी हावि भएपछि निगौल प्रतिरक्षामा उत्रेका थिए ।
तेश्रो खेलमा सर्लाहीको बगेवालाई जमुनियाले ०–१ गोल अन्तरले पराजित गरेको छ । दुबै टिम बीच कडा प्रतिस्पर्धा भएपनि जमुनियाको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी रबि थारुले गोल गर्न सफल भएका थिए । शुक्ररबार नै भएको चौथो खेल सामुदायिक विकासश युवा क्लब बी र लालीगुराश युवा क्लब श्रीनगरको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
टुर्नामेन्टका बिजयी टिमले नगद १० हजार १ सय र उपविजेतालाई नगद ५ हजार १ सय रुपैया, कप र मेडल प्रदान गरिने सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

4 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

10 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

18 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

18 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

9 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

9 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले

सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु

निरन्जन कुमार साह  महोत्तरी , पुष ३ गते  महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ  । स..

3 वर्ष पहिले