आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

3 महीना पहिले प्रकाशित

(2082-07-09 B.S.)

773 पटक देखिएको

 

महोत्तरी, कार्तिक ९ गते ।

गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्षित गरेको छ । सामुदायिक विकास युवा क्लबको अयोजनामा भएको मुन्नी मिश्री भलिबलको तेश्रो संस्कारको फाइनल खेलमा सतनाम युवा क्लब बसनिया सर्लाहीलाई पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब उपाधि सुरक्षित गरेको हो ।
सतनामलाई स्तब्ध पार्दै आइतबार भएको फाइनल ५ सेटको खेलमा अयोजक सामुदायिक विकास युवा क्लबले लगातार तीन सेट जितेर उपाधि कब्जा गर्न सफल भएको हो । सतनाम युवा क्लबका खेलाडीहरु पहिलो सेटमा कडा ठक्कर दिएपनि दोश्रो र तेश्रो सेटमा प्रतिरक्षामा सिमित भएका थिए ।
प्रदेश सांसद भरत प्रसाद साह र गौशाला नगरपालिका नगर प्रवक्ता रामपृत महतोले संयुक्त रुपमा प्रथम र दोश्रोलाई पुररस्कार प्रदान गरे । प्रथम भएका सामुदायिक विकास युवा क्बललाई नगद २२ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सतनाम युवा क्लबले नगद ११ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
गौशाला नगरपालिका १२ का स्वर्गीय समाज सेवि मिश्रीलाल सिंह र मुन्नी देवीको स्मरणमा सामुदायिक विकास युवा क्लब पछिल्लो तीन वर्ष देखि छठ पर्वको  अवसरमा भलिवल आयोजना गर्दै आएको छ । तेश्रो संस्कारणको खुल्ला भलिवल प्रतियोगितमा महोतरी, सर्लाही र धनुषाका १९ टिम सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डाँका चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

निरन्जन कुमार साह गौशाला ,माघ १४ गते महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा भएको डाँका चोरी घटनामा संलग्न तीन जन..

2 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

4 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

19 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

22 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

22 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

3 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

4 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

8 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

10 महीना पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले

सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु

निरन्जन कुमार साह  महोत्तरी , पुष ३ गते  महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ  । स..

2 वर्ष पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको ..

डाँका चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

निरन्जन कुमार साह गौशाला ,माघ १४ गते महोत्तरी जिल्लाको ..