सप्तरीको एक स्थानिय तहको विद्यालयमा बालाबालिकाहरुको खाजामा पनि छोडेन बाडफाड गर्न
नविन यादव
राजविराज, ०६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालाबालिकाहरुले गुनासो गरेका छन् ।
सरकारले प्रथामिक तहमा अध्यनरत छात्रछात्राका लागि दिदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो गरेका हुन् । दैनिक खाजाको व्यवस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्यनरत कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा खानु पाएको बताए ।
विद्यालय संचालन भएको हप्ता पुग्न लग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गतेदेखि विद्यालय संचालन भएपनि २ दिन मात्र खाजा उपलब्ध गरे । विद्यालयले मन लागेमा खाजा बाँड्ने गरेको तथा नत्र भने कसैलाई खाजा नदिने गरेको एक छात्राले बताईन् ।
अरु ठाँउमा दैनिक खाजा दिने गरेपनि हाम्रो विद्यालयमा हप्ताको दुई तीन दिन मात्र दिने गरेको भन्दै छात्रछात्राले गुनासो गरे । बालबालिकाको खाजाको लागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।
विधार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिदै अभिभावकहरुले उपस्थित नभएको विधार्थीको समेत हाजिरी पेश गरी निकालेर अनियमितता गरेको बताए । खाजामा अनियमितता गरेकोबारे गाउँपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरे ।
उक्त विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विधार्थी रहेको तथ्यांकमा उल्लेख छ । विधालयमा ४० देखि ४५ जना विद्यार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराए । प्रधानाध्यापक विपिन झाले आफु काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवान नसकिएको स्वीकार गरे ।
तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए । खाजाको बजेट मागअनुसार उपलब्ध गराएको जानकारी दिदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउँपालिकामा निहित भएकाले अनियमितता भए नभएको कुराबारे बुझ्ने आफ्नो सरोकारको विषय भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कसी आबेशमा आउँदै प्रतिक्रिया दिए ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
4 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
6 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
10 महीना पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
1 वर्ष पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
1 वर्ष पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
2 वर्ष पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments