शिक्षकहरुको तलवमा ढिलाई, शिक्षाको स्तर खस्कदो

4 वर्ष पहिले प्रकाशित

(2079-01-07 B.S.)

4935 पटक देखिएको

किसन साह 

आजभन्दा १५ वर्ष अघिसम्म जनकपुर क्षेत्रको शिक्षा भरपर्दो थियो । जसकारण स्थानियहरु यतै शिक्षा पुरा गर्ने गरेका  थिए ।

अहिलेभने यस क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूलका संचालकहरु शिक्षाको व्यापारमा मात्रै केन्द्रित रहेको कारण शैक्षिक स्तर खस्केको पाइएको छ । हुनत शिक्षाको नाममा विभिन्न आकर्षक प्रचार प्रसार गर्ने काम हुन्छ । तर वास्तविकता भने फरक हुन्छ । जुन विद्यार्थी भर्ना गरेपछि मात्र थाहा हुन्छ ।

अहिले जनकपुरमै मासिक १० हजार बढीसम्म शुल्क असुल्ने गरी शैक्षिक व्यापारको थालनी भएको छ । तडकभडकको साथ तिनीहरुले प्रचारप्रसार गरेका हुन्छन् । आजभन्दा १५ वर्ष अघि त्यहाँ पढ्ने विद्यार्थीलाई ट्युसन नपढाउदा पनि हुने गरेकोमा अहिले थप शुल्क तिरेर ट्युसन पढाउनुपर्ने बाध्यता छ ।

ति स्कूलका संचालकहरुले व्यक्तिगत स्वार्थलाई मात्र ख्याल गर्ने तर स्कूलमा योगदान दिने शिक्षकहरुको तलव दिनमा ढिलाई गर्ने गरेको कारण पनि त्यहाँ अध्यापनरत शिक्षकहरु विकल्प खोजेर बाहिरीने गर्दछन् । अनि नयाँ अनुभव नभएका शिक्षक ल्याउने काम व्यापारीबाट हुन्छ । एक त शिक्षकहरुको तलव थोरै  त्यो पनि पाउन महिनौ कुर्नुपर्ने बाध्यता । तलव दिनमा ढिलाई भएपछि हातमुख जोर्न समस्या भएको भन्दै बिचबिचमै अनुभवी शिक्षकहरुले काम छाड्न बाध्य हुनुपरेको अवस्था छ ।

बोर्डिङ्ग स्कूलले कमाउने नाममा टाई÷ बेल्ट, पोशाक, डायरी बिक्री अनि तोकेको स्टलबाटै किताव किन्न बाध्य बनाउने कार्य गर्दछन् । त्यति मात्र नभएर त्रैमासिक रुपमा परीक्षा संचालन गर्ने गर्दछन् ताकि विद्यार्थीहरुबाट शुल्क असुल्न सकियोस् । परीक्षा वापतको शुल्क पनि लिने गरिन्छ । मासिक शुल्क पनि सामान्य रुपमा पनि ५ हजार वा सो भन्दा बढी विद्यार्थीबाट लिने गरिन्छ । तरपनि योगदान दिनेहरुको मनोवल उकास्ने गरी कार्य हुंदैन ।

त्यही कारण पनि पढाउने अनुभव भएका शिक्षकहरु अन्यत्र जान बाध्य हुने गरेको अवस्था छ । शिक्षक तथा अन्य कर्मचारीले स्कूलको नियमको पूर्ण पालना गर्नुपर्छ तर स्कूलले तलवमा ढिलाई गर्दा पनि तलव माँग्न मिल्दैन । माँगेमा तलव नदिएर हटाउने सम्मको काम हुन्छ । यसकारण शैक्षिक माफियाको हातमा शिक्षा पुगेको स्पष्ट भएको छ । ति स्कूलहरुलाई साथ दिने काम नेपाल सरकारका कर्मचारीबाट हुन्छ । शिक्षा कार्यालयका कर्मचारीलाई पैसो खुवाएपछि पायक पर्नेगरी सेन्टर मिलाईदिने काम हुनेगर्दछ । यस्तो अवस्थाका कारण पनि शैक्षिक माफियालाई शैक्षिक स्तरमा मनपर्दी गर्न सजिलो भएको छ । यही कारण त्यस्ता माफियाहरु प्रचारमा केन्द्रित नभएर वास्तविकता बुझेर मात्र आ–आफ्नो सन्तानलाई भर्ना गर्न सुझाव दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

2 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

4 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

6 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

11 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

1 वर्ष पहिले