हेड मास्टर चाहिदैन भन्दै सम्सीमा विद्यार्थीहरु आन्दोलित ,माग पुरा नभए सम्म पठनपाठन ठप्प पार्ने चेतावनी
ममता शर्मा
गौशाला , भदौ २३
महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ पर्सा देवा स्थित रहेको श्री राष्ट्रिय मा.वि. का विद्यार्थीहरु प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलित भएका छन् ।
वर्षौदेखि गुनासो गर्दै आइरहदा पनि विद्यालयको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन् । हेड मास्टर चाहिदैन ,स्कुल बेच्न पाइदैन ,विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ,गुणस्तर शिक्षा दे लेखिएका प्ले कार्ड बोकी नारा लगाउदै १ देखि १० सम्मका छात्रछात्राहरुले प्रदर्शन गरेका हुन् ।

विद्यालयमा कुनै पनि सेवा सुविधा विद्यार्थीलाई प्राप्त नभएको कक्षा ९ मा अध्ययनरत छात्र रोहित गोसाईले गुनासो गरे । उनले भने , "स्कुलमा केही कुराको पनि उचित व्यवस्थापन छैन । खानेपानी ,शौचालय ,कक्षाकोठा ,डेस्क बेन्च ,पोसाक ,खाजा आदि इत्यादी कुनै पनि कुराको विद्यालयले व्यवस्थापन गरेको छैन । कक्षामा शिक्षक पनि पढाउँन आउदैनन ,आएपनि मन लागे पढाउने नलागे नपढाउने गर्छन ।
विद्यालयका शिक्षकहरु नियमित रुपमा हाजिर नहुने गरेको उनले बताए विद्यार्थीहरु नआएपनि उनीहरुको हाजिरी शिक्षक आफैले मनोमानी ढंगले बनाइदिने गरेको उनले बताए ।
"हाम्रो स्कुल भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको छ । यस विद्यालयमा पढ्ने अधिकांस छात्रछात्रालाई आफुले बसोबास गर्ने जिल्लाको नाम समेत भन्न सक्दैनन् ,परिचय दिन पनि नसक्ने खालका छन् । स्कुलमा राम्ररि कहिल्यै पढाइ हुदैन । ७ घन्टीमा ३ घन्टी पनि मुस्किलले पढाई हुन्छ । सरहरु आउछन, दिनभरि मोबाइल खेलेर गफ छोडेर बेलुका फर्किन्छन । उनीहरुलाई पढाई सँग कुनै मतलब हुदैन । "
पोसाक (ड्रेस ) पनि उपलब्ध नगराइएको र पुस्तकहरु प्रधानाध्यापकले अन्तै बेच्ने गरेको उनले आरोप लगाए ।

बिगत ५ वर्ष देखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाई नगरेको विद्यार्थीहरु गुनासो गरे साथै माग पुरा नभए सम्म आन्दोलन गर्ने र पठनपाठन ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
यता सम्सी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताए छन् ।
हाल विद्यालयका प्रधानाध्यापक रामबाबु यादव छन् ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
5 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
8 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
1 वर्ष पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
1 वर्ष पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
2 वर्ष पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments