बटेश्वरका सरकारी विद्यालय अस्तव्यस्त, गाउँपालिका अध्यक्ष महतोले मतलबै गर्न छोडे

3 वर्ष पहिले प्रकाशित

(2079-09-19 B.S.)

3327 पटक देखिएको

पुस १९ गते ।
जनकपुरधाम - कुनै समय जिल्लाकै उतकृष्ट समुदायिक विद्यालय भनेर परिचित धनुषाको बटेश्वर गाउँपालिका—१ स्थित लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरको शैक्षिक अवस्था अस्तव्यस्त बनेको छ ।

शिक्षक नहुँदा यहाँ ९ र १० कक्षामा साउनदेखि अंग्रेजी र समाजिक विषय पढाई नै भएको छैन् । एसईई परिक्षा नजिकिन लागेकाले यी दुबै विषयमा पढाइ नै नभएको हुँदा विद्यार्थीलाई अनुतिर्ण हुने चिन्ताले सताएको छ । शिक्षकले पढाएको विज्ञान विषय आफुहरुले बुझ्नै नसकेको विद्यार्थीको गुनासो छ ।

‘हामीले पढाई नभएको, नबुझेको कुरा हेडसरलाई गुनासो गरेको गरै छौँ तर उहाँले वास्तै गर्नुभएको छैन्,’ १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले एकै स्वरमा भने, ‘एक त ७ घण्टीमा मुस्किलले ४/५ घण्टी पढाई हुन्छ । स्कुलमा नियमित आउने सरहरु पनि समयमा कक्षामा आउनुहुन्न । १०/१५ मिनेट जहिल्यै ढिलो हुन्छ ।’

पढाईसँगै व्यवस्थापन फितलो भएका कारण विद्यालयमा टिफिनपछि विद्यार्थी नै टिक्दैनन् । ७० देखि ८० जना विद्यार्थी नियमित आउने कक्षामा टिफिनपछि मुस्किलले ३० जना भेटिन्छन् । यसबारे पनि शिक्षकले खासै चासो नदेखाएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयका प्रधानाध्यापक श्याम सिंहले शिक्षक अभाव रहेकाले पठनपाठन प्रभावित भएको बताए ।

‘विद्यालय व्यवस्थापन समिती गठन हुन नसक्दा शिक्षक भर्ती हुन सकेको छैन् । हामी छिटै समिती गठन गरेर शिक्षक भर्ना गरेर समस्या समाधान गछौँ,’ उनले भने ।
उनका अनुसार दुईजना बालविकास सहित १६ जना शिक्षकको भरमा १० कक्षासम्म विद्यालय चलेको छ । पछिल्लो सयम यस विद्यालयमा अनुशासनहीनता पनि बढ्दो छ ।

स्थानीय तथा विद्यार्थीहरुका अनुसार केही विद्यार्थी रक्सी, चुरोट खाएरै पनि विद्यालय जान्छन् । विद्यालयकै समयमा विद्यार्थीहरु बाहिर किराना पसल तथा खेतबारीमा धुम्रपान सेवन गरिरहेका हुन्छन् । बिना हेलमेटकै तिब्र गतिमा केही विद्यार्थी मोटरसाइकलमा ४/५ जना बसेर विद्यालय आउजाउ गरिरहेको भेटिन्छन् ।

दुई वर्षमा यसै विद्यालयका ३ जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । तैपनि न स्थानीय जनप्रतिनिधिले यसबारे चासो देखाएका छन्, न अभिभावकले न विद्यालय प्रशासनले नै । विद्यार्थीको यस्तो अनुशासनहीनताबारे आफुलाई थाहा नभएको भन्दै प्रधानाध्यापक सिंहले पन्छिए ।

गाउँपालिका कार्यालयले शिक्षाप्रति चासो नदेखाउँदा बटेश्वरका अन्य सबै विद्यालयको अवस्था यस्तै दैनिय छ । गाउँपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा समबन्धी योजनाअघि सार्ने कुरा पर जाओस आजसम्म छलफल पनि गरेका छैनन् ।

विद्यालयमा राजनीति हाबी हुँदा यस्तो दुर्गती भएको सरोकारबलाहरु बताउँछन् । योग्य जनप्रतिनिधि नहुँदा विद्यालय अस्तव्यस्त बनेको बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले बताए ।

‘योग्य जनप्रतिनिधि नहुँदा शिक्षामा लगानी भएन् । जनप्रतिनिधिले विकास भनेको बाटोघाटो र भवन मात्र हो बुझेका छन् । ती कामहरुबाट आर्थिक लाभ हुन्छ तर डाइरेक्ट शिक्षाबाट मुनाफा हुन्न भनेर पनि लगानी गर्दैनन्,’ उनले भने, ‘दिनदिनै विद्यार्थी संख्या बढिरहेको छ तर शिक्षक उहिले संघ सरकारले सिर्जना गरेकै दरबन्दी अनुसार छ । हामीले शिक्षक भर्ना लगायतका अतिआश्यक योजनाहरु गाउँसभामै पेश गर्यौँ तर पारित भएन् । साभार टुडेपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

9 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

11 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले