वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद

6 वर्ष पहिले प्रकाशित

(2077-02-28 B.S.)

2192 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा जेष्ठ २८

वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो ।

गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिनु भयो । एम्बलुन्स र गाँजा आज बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटारतर्फ लैजान लागिएको थियो । प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

3 वर्ष पहिले