गौशालामा मोटरसाइकल चोरी गर्ने वडा अध्यक्षका छोरा पक्राउ
निरन्जन कुमार साह
महोत्तरी , चैत्र २६
महोत्तरीको गौशालामा मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष प्रमोद सहनीका छोरा करिव १९ वर्षीय सुजित सहनी रहेका छन् ।
उनलाई आइतबार १ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहनीले निगौल चौकमा उत्तर तर्फबाट ज. ७ प. १२१४ नम्बरको रातो रंग को १६० सि सि को अपाचे मोटरसाइकल दक्षिण तर्फ डोर्याएर लगिरहेको बेला इलाका प्रहरी कार्यालय गौशालाबाट खटिरहेको प्रहरीले शंका लागेर चेकजांच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
सहनी संग मोटरसाइकलको कागजात माग्दा केहि पनि फेला नपरेपछी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सहनीले आफुले गौशाला वडा न.५ शिवभक्तिखोरबाट मोटरसाइकल चोरी गरेर ल्याएको स्वीकार समेत गरे ।
पक्राउ परेका सहनीलाइ हिरासतमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज कुमार यादवले जानकारी दिए ।
वडा अध्यक्षको छोराले नै मोटरसाइकल चोरी गरे पछी स्थानीय जनसमुदायबिच उनको चर्को आलोचना भईरहेको छ । गौशाला बजारमा बिगत देखि मोटरसाइकल चोरी हुदै आइरहेको बताउदै एक वडा सदस्यले यस्ता चोरहरुलाइ कानुनि दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए । उनले छोरा मोटरसाइकल चोरेर छिमेकी मुलुक भारतमा लागेर बेच्ने गरेको र बुबा वडा अध्यक्षले भारतबाट माछा ल्याएर नेपाल भित्र्याउने गरेको टिप्पणी गरे। उनले भने , 'यस घटनाबाट सोनमा – ३ का जनताले राम्रालाइ नभएर हाम्रालाइ भोट दिएको पुष्टि भएको छ । यदि जनसमुदायले राम्रालाइ भोट दिएको भए यस्तो संस्कार भएको व्यक्ति हेर्नुपर्ने थिएन ।'
साथै उनले छोराले आफ्नो बुबा वडा अध्यक्ष भएपछी सहजै संरक्षण पाउने भन्ने सोचले चोरी गरेको बताए ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
6 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
2 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
2 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
2 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
2 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
2 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
2 वर्ष पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments