गौशालामा मोटरसाइकल चोरी गर्ने वडा अध्यक्षका छोरा पक्राउ
निरन्जन कुमार साह
महोत्तरी , चैत्र २६
महोत्तरीको गौशालामा मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष प्रमोद सहनीका छोरा करिव १९ वर्षीय सुजित सहनी रहेका छन् ।
उनलाई आइतबार १ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहनीले निगौल चौकमा उत्तर तर्फबाट ज. ७ प. १२१४ नम्बरको रातो रंग को १६० सि सि को अपाचे मोटरसाइकल दक्षिण तर्फ डोर्याएर लगिरहेको बेला इलाका प्रहरी कार्यालय गौशालाबाट खटिरहेको प्रहरीले शंका लागेर चेकजांच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
सहनी संग मोटरसाइकलको कागजात माग्दा केहि पनि फेला नपरेपछी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सहनीले आफुले गौशाला वडा न.५ शिवभक्तिखोरबाट मोटरसाइकल चोरी गरेर ल्याएको स्वीकार समेत गरे ।
पक्राउ परेका सहनीलाइ हिरासतमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज कुमार यादवले जानकारी दिए ।
वडा अध्यक्षको छोराले नै मोटरसाइकल चोरी गरे पछी स्थानीय जनसमुदायबिच उनको चर्को आलोचना भईरहेको छ । गौशाला बजारमा बिगत देखि मोटरसाइकल चोरी हुदै आइरहेको बताउदै एक वडा सदस्यले यस्ता चोरहरुलाइ कानुनि दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए । उनले छोरा मोटरसाइकल चोरेर छिमेकी मुलुक भारतमा लागेर बेच्ने गरेको र बुबा वडा अध्यक्षले भारतबाट माछा ल्याएर नेपाल भित्र्याउने गरेको टिप्पणी गरे। उनले भने , 'यस घटनाबाट सोनमा – ३ का जनताले राम्रालाइ नभएर हाम्रालाइ भोट दिएको पुष्टि भएको छ । यदि जनसमुदायले राम्रालाइ भोट दिएको भए यस्तो संस्कार भएको व्यक्ति हेर्नुपर्ने थिएन ।'
साथै उनले छोराले आफ्नो बुबा वडा अध्यक्ष भएपछी सहजै संरक्षण पाउने भन्ने सोचले चोरी गरेको बताए ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments