गौशाला बहुमुखी क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-01-16 B.S.)

7329 पटक देखिएको

ममता शर्मा

महोत्तरी , बैशाख १६ गते

महोत्तरीको गौशालामा गौशाला बहुमुखी क्याम्पसद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रुफटफ होटलमा गौशाला बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा क्याम्पसमा अध्ययनरत वि.वि.एस र वि.एड प्रथम वर्षका विद्यार्थीहरुलाई खाँदा र टिका लगाएर गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोले स्वागत गरेका हुन्।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षक गिरिराज काफ्लेले स्वागत कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो । चालु आ.व. २०७९/८० देखि संचालनमा आएको यस क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने बताउदै उहाँले भन्नु भयो , "गौशाला नगरपालिकाको नगर प्रमुख डा. महतोले पालिकाको सम्पूर्ण स्थानका छात्रछात्रालाई उच्च शिक्षाका निम्ति क्याम्पस संचालन गर्नुभएको हो । यसले दिर्घ रुपमा यहाँका  विद्यार्थीहरुलाई टेवा पुग्नेछ  ।"

साथै काफ्लेले गौशालामा विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य रहेको बताउनुभयो। "सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो , उहाँले भन्नुभयो , "त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ। शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो।"

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नगर प्रमुख डा. महतोले मन्तव्य दिदै आफुले शिक्षालाई सधै प्राथमिकता साथ लिएर अगाडी बढ्ने जिकिर गर्नुभयो ।

गौशाला नगरपालिकामा उच्च शिक्षा हासिल गर्ने परिस्थिति परिमार्जनका निम्ति क्याम्पसलाई आवश्यक परेको हरेक खण्डमा नगरपालिकाले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले गरिव तथा जेहेनदार छात्रछात्रालाई सहुलियत रुपमा सहज तरिकाले क्याम्पसमा अध्ययनका निम्ति सहयोग गर्ने दावी समेत गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा उपस्थित अधिकांस वक्ताले गौशाला नगरपालिकामा बहुमुखी क्याम्पसको स्थापना गरेकोमा नगर प्रमुख महतोलाई धन्यवाद ज्ञापन गरेका छन् । पछिको समयमा विद्यार्थी र अभिभावकहरुमा यस क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

क्याम्पस प्रमुख दुर्गा प्रसाद सिंहको नेतृत्वमा संचालन गरिएको कार्यक्रममा गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतो , वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , सहायक क्याम्पस प्रमुख भरत प्रसाद सिंह , शिक्षक गिरिराज काफ्ले , अमिन्द्र चौधरी लगायत विभिन्न शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षक गोपाल सिंहले गर्नुभएको थियो   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

2 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

9 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

11 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले