नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस
ममता शर्मा , महोत्तरी ।
महोत्तरीको बर्दिवासमा नेपाल रेडक्रस सोसाइटीले ६१ औं स्थापना दिवस मनाएको छ । मंगलबार रेडक्रस सोसाइटीले बर्दिबास नगरपालिका वडा न. ९ स्थित श्री जनमुखी आधारभुत विद्यालय पशुपति ,बर्दिबासमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।
विद्यालय रेडक्रस सोसाईटीको आयोजनामा संचालन भएको कार्यक्रममा स्टेसनरी ,खेलकुद र किचेन सामाग्री हस्तान्तरण , आँखा तथा दन्त सिविर, रक्तदान , फुल बिरुवा रोपन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिवासका प्रमुख सुदिप यादव , माननीय सांसद शारदा देवि थापा ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री , उपप्रमुख तारादेवी महतो , प्रमुख जिल्ला अधिकारी दिपक पहाडी , इलाका प्रहरी कार्यालयका इन्चार्ज बिजय यादव , वडा न. ९ का वडा अध्यक्ष घोरन महतो , पालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबू यादव , वडा न. ७ का वडा अध्यक्ष रामसोगारथ यादव , रोटरी क्लब बर्दिवासका प्रतिनिधि कृष्ण गौतम , सर्पदंश उपचार केन्द्रका सरिता ढुंगाना , मटिहानी कलेजका प्रमुख ईश्वर पौडेल , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामएतबाल यादव , विद्यालयका प्रधानाध्यापक धर्वेन्द्र कुमार महतो लगायत विभिन्न जनसमुदाय ,संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्यालयले विभिन्न मागहरुसहितको ज्ञापन पत्र समेत नगर प्रमुख क्षेत्रीलाई बुझाएको छ । पत्रमा विद्यालयलाई जग्गाको आवश्यकता रहेको उल्लेख गर्दै भवन ,चमेना गृह ,कम्प्युटर सहितको कम्प्युटर ल्याब ,ल्यापटप , प्रोजेक्टर ,इन्भर्टर ,डेस्क बेन्च , खेलकुद सामग्री , लाइब्रेरी ,फर्निचर ,कार्पेट लगायत विभिन्न शैक्षिक सामाग्रीहरु पालिकालाई उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले विद्यालयलाई विभिन्न शिक्षिक सामग्री , किचेनको सामग्री , खेलकुदको सामग्री लगायत हस्तान्तरण गरेको हो । यसक्रममा उपस्थित विभिन्न अतिथिहरुले विद्यालयलाई सक्दो सहयोग गर्ने वाचा गर्दै मनोज महतोले विद्यालयलाई आवश्यक पर्ने इटाको व्यवस्थापन , प्रमुख जिल्ला अधिकारीले रकम पाँच हजारको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै नगर प्रमुख क्षेत्रीले विद्यालय आवश्यक परेको खण्डमा हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।



वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
4 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
6 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments