हत्या गरी फरार रहेका कृष्ण १९ वर्षपछि साधुको भेषमा पक्राउ

2 वर्ष पहिले प्रकाशित

(2080-06-24 B.S.)

4158 पटक देखिएको

असोज २४ गते 

चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । 

भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।  

चापागाईं भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार भएका थिए । 

नातामा नाति पर्ने चापागाईंले २०६१ मंसिर १४ गते मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्यापश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..

2 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रति..

2 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

2 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..

2 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..

2 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..

2 वर्ष पहिले