गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन , काउन्सिलद्वारा अनुगमन
निरन्जन कुमार साह
महोत्तरी , पुष ६ गते
महोत्तरीको गौशालामा इन्जिनियरिंग क्याम्पस संचालनको लागि गौशाला त्रिभुवन मा.वि. मा अनुगमन भएको छ ।
शुक्रबार राजर्षी जनक विश्व विद्यालयका अनुगमन टोली र नेपाल इन्जिनियरिंग काउन्सिलका टोलीले अनुगमन गरेका हुन् ।अनुगमनको क्रममा संचालन गर्न व्यवस्थापन सम्बन्धि छलफल समेत गरेका छन ।
जसमा त्रिभुवन मा.वि. का प्रधानाध्यापक बिनोद महतोले गौशालामा इन्जिनियारिंग क्याम्पस संचालन भएपछी विद्यार्थीहरुले स्थानीय स्तरबाटै आफ्नो शिक्षा पुरा गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो , "क्याम्पस संचालनमा जे जति सहयोग गर्नुपर्ने हुन्छ । म गर्न तयार रहेको छु ।"
अधिक प्रयास पछी इन्जिनियरिंग क्याम्पस गौशालामा संचालनमा आएको छ भने तत्काल त्रिभुवन मा.वि. को नयाँ भवनमा पठनपाठन हुने राजर्षी जनक विश्व विद्यालयका सभासद प्रकाश पोखरेलले बताउनुभयो ।
गौशालामा शिक्षा सुधार गर्न गौशाला नगरपालिकाले अहम प्रयास गरिरहेको छ र पालिकाले गौशाला नगरपालिकालाई शिक्षाको हव बनाउने उद्देश्य बोकेर कार्यहरु अगाडी बढाएको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताउनुभयो । इन्जिनियरिंग क्याम्पसको संचालन हुनु गौशालाको लागि एउटा ठुलो उपलब्धि प्राप्त भएको उहाँको भनाइ थियो ।
त्यस्तै नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारिले मधेश प्रदेशको यो पहिलो इन्जिनियरिंग क्याम्पस भएकोले यसलाई व्यवस्थित बनाउन काउन्सिल प्रतिबद्धता रहेको बताउनुभयो । अबको शिक्षा गुणस्तरीय मात्र नभएर सिपमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो भने शिक्षा जीवन निर्वाहको बाटो निर्माण गर्ने खालको हुनुपर्ने उहाँको भनाइ थियो ।
राजर्षी जनक विश्व विद्यालयका रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साहले पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको सपना आज क्याम्पस संचालन भएपछी पुरा भएको बताउनुभयो । यो क्याम्पसमा सिविल इन्जिनियरिंग ,रेल्वे इन्जिनियरिंग, इलेक्ट्रिकल इन्जिनियरिंगको पठन पाठन हुने भएको छ ।
राजर्षी जनक विश्व विद्यालयका उप - कुलपति तथा प्रधानाध्यापक अमर प्रसाद यादवले दिनरातको मेहनत पछीको यो सफलता प्राप्त भएको र यसलाई दिगो रुपमा लैजाने बताउनुभयो ।
कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादवले क्याम्पसका योजनाहरु प्रोजेक्ट मार्फत दर्शाउदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।
कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादव , राजर्षी जनक विश्व विद्यालयका उप -कुलपति अमर प्रसाद यादव , रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साह ,सभासद प्रकाश पोखरेल , नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारि , गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो , अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष सूर्यनारायण साह , वडा न.५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता , त्रिभुवन मा.वि. को प्रधानाध्यापक विनोद कुमार महतो , व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोको उपस्थिति रहेको थियो ।


वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
4 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
6 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
7 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments