समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस्कार वितरण
निरन्जन कुमार साह
गौशाला, महोत्तरी
गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, गौशालाले वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्दै प्रेरणा प्रदान गरेको छ।
आइतबार विद्यालय परिसरमै आयोजित "समान तथा पुरस्कार वितरण कार्यक्रम" मा बाल विकासदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको हो।
हालै सम्पन्न वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु ३०००, रु २००० र रु १००० नगद पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक बिनोद महतोले जानकारी दिए।
कार्यक्रममा गौशाला वडा न. ४ निवासी समाजसेवी तथा शिक्षा प्रेमी सन्तोष निरौलाले आफ्नै खर्चमा पुरस्कार वितरण गर्दै सामुदायिक विद्यालयप्रतिको लगाव र जिम्मेवारी प्रदर्शन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले भने, “मैले यही विद्यालयबाट आफ्नो अध्ययन यात्रा सुरु गरेर जीवनमा प्रगति गरेको छु। सामुदायिक विद्यालयले पनि सक्षम विद्यार्थी उत्पादन गर्न सक्छ भन्ने उदाहरण म स्वयं हुँ।”
उनले प्रत्येक वर्ष आफ्नो आम्दानीको एक हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “पढ्न चाहने विद्यार्थीलाई प्रेरणा दिनु, उनीहरूलाई सघाउनु मेरो धर्म हो। शिक्षा मात्र हो जसले समाजलाई उज्यालो बनाउँछ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतो , शिक्षकहरु , प्रधानाध्यापक बिनोद महतो, विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सहभागीहरूले सन्तोष निरौलाको योगदानको खुलेर प्रशंसा गर्दै यस्ता पहलले समुदायिक विद्यालयप्रति जनविश्वास बढाउने र विद्यार्थीलाई अझ मेहनत गर्न प्रेरित गर्ने धारणा राखे।

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
28 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
28 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
2 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
4 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 महीना पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
11 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
1 वर्ष पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..

कमेन्ट गर्नुहोस्
view comments