रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

6 वर्ष पहिले प्रकाशित

(2077-04-11 B.S.)

1590 पटक देखिएको

साउन ११ गते 

रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।

करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।

‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’

संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताए । नगरपालिकाकै केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको उनले बताए ।संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

‘कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘संक्रमित वडा अध्यक्षलाई आइसोलेसनमा लग्ने तयारी भएको छ । अन्य रोगको कारण पनि उनको स्वास्थ्यमा समस्या रहेकाले काठमाडौं पठाइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले