जनकपुरमा दलित समुदायद्वारा अर्धनग्न जुलुस प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-04-11 B.S.)

2830 पटक देखिएको

साउन ११ गते 

दलित समुदायहरुले प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । सृङ्लावद्ध रुपमा दलित समुदायमाथि भइरहेको हत्या हिंसा जस्ता घटनाको विरुद्धमा दलितहरुले प्रदेश २ का जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गरेका हुन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको अर्धनग्न जुलुस प्रदर्शनको क्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका छन् ।

एकमहिना अघि प्रहरी धनुषाको सबैला प्रहरी हिरासतमा मृत्यु भएका सम्भुु सदा, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपभार अभावमा मृत्यु भएका राजु सदा लगायत देशभरमा दलितहरुमाथि भएको घटनाका दोषीहरुलाई अभिलम्ब कारबाही गरी न्याय दिनुपर्ने माग गर्दै प्रर्शन गरेका हुन् ।

जनकपुरमा जनकचौकदेखि संयौको संख्यामा निस्केका दलित समुदायको जुलुस विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पुगेर धर्ना दिएका थिए । पुनः त्यहाँबाट फर्केर जुलुस जनकचोकमै कोणसभामा परिणत भएको छ ।

प्रदर्शनको क्रममा उनीहरुले शान्ति सुरक्षा कायम गर्नुपर्ने, घटनका दोषीहरुलाई अभिलम्ब कारबाही हुनुपर्ने, प्रहरी प्रशासन मुर्दावाद, हत्यारा बचाउने सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।

संघर्ष समितिले साउन १३ गते प्रत्येक जिल्लाको सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्याय अगाडी धर्ना दिने, १५ गते मृदंग बजाउने र पोस्टर टाँस्नेसहित प्रशासन कार्याय अगाडी धर्ना दिने र १८ गतेदेखि प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिलेअनशन बस्ने जस्ता अन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

सम्भु सदा, राजु सदा लगायतका दलित समुयामाथि भएको घटनाका दोषीहरुलाई कारबाहीको दायरामा ल्याएर दलितहरुलाई न्याय नदिए संघर्ष समिति अझ सशक्तअन्दोलन गर्ने धनुषाका संयोजक चन्देश्वर दासले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले