कोरोना महामारीबीच धनुषाका शिवालयहरुमा मेलाको आयोजना
जनकपुरधाम, साउन १३
कोरोना महामारीबीच धनुषाका शिवालयहरुमा मेलाको आयोजना गरिएको छ । श्रावण महिनाको प्रत्येक सोमबारका दिन लाग्ने सोमबारी पर्वको अवसरमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का २ महादेव स्थानमा दर्शनार्थीका धुइँचो देखिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का कार्तिककुमार बजार र वडा नम्बर २ कै धुमासन टोल स्थित बाबा भुवनेश्वरनाथ महादेवको प्राङ्गणमा मेला सँगै ‘आर्केष्ट्रा डान्स’ को आयोजना गरिएको छ । त्यस्तै महोत्तरीमा पनि यस्तो विषमा परिस्थितिमा पनि मेलाको आयोजना गरिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका ७ प्रेमनगरमा मेला सँगै नाचको आयोजना गरिएको हो ।
कोरोना महामारीबीच शिवालयहरुमा आयोजना गरिएको मेला हेर्न आएका दर्शनार्थीहरुको अत्याधिक भिडभाडले कोभिड १९ समुदायस्तरमै फैलिने उच्च जोखिम रहेको देखिएको छ । मेलामा सामाजिक दूरीको कुरै छोडौ मास्क पनि कसैले लगाएको थिएनन् ।
त्यस्तै बटेश्वरको दुबै ठाउँमा आयोजना गरिएको मेलाको आर्केष्ट्रा डान्समा अश्लील गीतमा नृत्य भएको छ ।यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिले यस्तो कोरोना भाइरसको समयमा कहिँकतै कुनै किसिमको मेला तथा नाचगानको आयोजना गर्न नपाउने बताएका छन् ।
उनले भने, ‘यस्तो विषम परिस्थितिमा अहिलेसम्म हामीलाई कुनै सार्वजनिक काम, भोजभतेर तथा कुनै किसिमको मेला र नाचगान लगायत पार्टी गर्न दिने निर्देशन आएको छैन ।’
यस्तो किसिमको कसैले मेला तथा नाचगान आयोजना गरे सरकारको प्रचलित ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए ।
धनुषाका एक ३८ वर्षीय पुरुषसहित प्रदेश २ मा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै ४ हजार बढी जना संक्रमित भएका छन् भने हालसम्म प्रदेश २ का वीरगञ्ज र राजविराजमा समुदायस्तरमा कोरोना फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments