बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा कोरोना संक्रमण जाँच गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय

6 वर्ष पहिले प्रकाशित

(2077-04-19 B.S.)

2797 पटक देखिएको

साउन १९

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कोरोना संक्रमण जाँच गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बसेको कार्यपालिका बैठकले पिसआिर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

नगरमा कोरोना संंक्रमण बढ्न सक्ने ठहर गर्देै बैठकले मेसिनसहित एम्बुलेन्स खरिद, आइसोलेशन वार्ड स्थापना र स्वाब संकलनको दायरा बढाउने निर्णय गरेको नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले जानकारी दिनुभयो ।

पछिलो समय उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखाका एक कर्मचारी सहित अन्य तीन जनामा कोरोना संक्रमण देखापरेपछि चेकजाँच र संंक्रमण नियन्त्रणको लागि पिसिआर मेसिन खरिदलगायत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । जीतपुरसिमरासंग सिमा जोडिएको पर्सामा पनि कोरोना सक्रमितको संख्या बढ्दै गएपछि स्थानीय त्रसित भएका छन ।

उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि हाल ३ करोड बजेट छुट्याएको छ । त्यसैगरी पालिकाअन्तरगत रहेका उद्योगलाई यसअघि नै कर्ममचारीको उचित व्यस्थापन गरेरमात्र सचालन गर्न दिइएको निर्देशन पालन नभएको भन्दै कार्यपालिका बैठकले अनुगमन गरेर मापदण्ड विपरित चलेको पाइए त्यस्ता उद्योगलाई संक्रमण नियन्त्रण ऐन बमोजिम कानुनी कारवाहीको लागि सम्बन्धित निकायसंग पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यसैगरी बैठकले समुदायका कोरोना फैलन नदिन समाजिक दुरी कायम गर्न र सुरक्षाका अन्य उपाय अवलम्बन गर्न सबै वडा कार्यालयसंगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणसम्बन्धि चेतनामुलक सामाग्री प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले