संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सर्लाहीमा पनि भोलिदेखि निषेधाज्ञा
साउन २० गते
कोरोना संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सर्लाहीमा पनि भोलिदेखि निषेधाज्ञा हुने भएको छ ।
प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समय सर्लाहीमा समेत भोलि विहान ६ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागुहुनेगरि निषेधाज्ञा जारी गरिएको सीडीओ पौडेलले बताए ।
यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ ।
यस अवधिमा अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दुध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अहिले सम्म प्रदेश २ को ८ वटा जिल्ला मध्ये ४ वटा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने अन्य जिल्लाको केहि भागहरुमा निषेधाज्ञा लगाइएको छ ।
अहिले सम्म बारा, पर्सा र सप्तरीमा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो भने भोलीदेखि सर्लाहीमा समेत निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
7 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
11 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments