राम मन्दिर शिलान्यासका लागि जानकी मन्दिरका महन्त पुनः अयोध्याको लागि प्रस्थान

5 वर्ष पहिले प्रकाशित

(2077-04-20 B.S.)

1571 पटक देखिएको

साउन २० गते 

५ अगस्ट भारतको अयोध्यामा हुने राम मन्दिर शिलान्यासका लागि जानकी मन्दिरका महन्त पुनः अयोध्याको लागि प्रस्थान गरेका छन् ।

भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव यसभन्दा पहिले पनि जान खोज्दा उनीसँग पिसिआर रिपोर्ट नभएपछि सीमाबाट फर्काइएको थियो ।

सीमाबाट उनलाई फर्काइएपछि उनी सम्पूर्ण रिपोर्ट लिएर मंगलबार साँझ साढे पाँच बजे प्रस्थान गरेका छन् । भगवान रामको जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्त दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता हुन निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप लिएर गइरहेको जानकी मन्दिरका महन्थ दासले बताए । सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ ।

वर्षौको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको महन्थ दासले बताए । महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर सम्बन्धमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको हो । मन्दिरको भूमि पुजन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार गर्न लागेका हुन् ।

राम मन्दिर भूमि पूजन कार्यक्रमको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने, विशिष्ट अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ । कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रहने छ ।

कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन लागि सीमित व्यक्तिलाई मात्रै आमन्त्रित गरिएको हो । सीमित व्यक्तिलाई आमन्त्रित गरिएका मध्ये जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेत रहेका छन् ।

अयोध्यामा राम मन्दिर निर्माणको लागि हुन लागेको भूमि पुजनको अवसरमा जनकपुरधाम सहित मिथिलाञ्चलभर दिनमा रामधुन र साँझमा दिपावली मनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

6 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

18 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

26 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

26 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

26 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

26 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

29 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

30 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..