नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फालिन

6 वर्ष पहिले प्रकाशित

(2077-04-20 B.S.)

1636 पटक देखिएको

साउन २१ गते 

जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ ।

नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय ।

तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।

यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।

उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् ।

चाार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् ।

कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।

उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो ।

अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ ।

चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।

स्रोत : इमेज खबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

20 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

26 दिन पहिले