प्रहरीकै संरक्षणमा धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव गुण्डागर्दीमा उत्रे

6 वर्ष पहिले प्रकाशित

(2077-05-02 B.S.)

1926 पटक देखिएको

भदौ २ गते 

प्रहरीकै संरक्षणमा धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव गुण्डागर्दीमा उत्रेका छन् । यसअघि कयौं काण्डमा मुछिएर पनि कारबाही नभएका वडाध्यक्ष संजिव यादव मंगलबार फेरी एक परिवारमाथि नै कुटपिट गरेका छन् ।

मंगलबार फेरी वडाध्यक्ष यादवले वडा नं. ९ का तेजी यादवका सपरिवारमाथि कुटपिट गरी घाइते बनाएका छन् । वडाध्यक्षको नेतृत्वमा स्थानीय अनरजीत यादव, प्रदीप यादव, रामप्रसाद यादव, नगेन्द्र यादव लगायतले कुटपिट गरी सपरिवारलाई नै घाइते बनाएका हुन् ।

कुटपिटबाट तेजी यादव, उनका श्रीमती मन्तोरिया देवी यादव, छोरा भरोसी यादव, बुहारी सोनी यादव र कान्छो छोरा सत्रोहन यादव घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले ढल्केबर स्थित एक क्लिनिकमा भइरहेको कुटपिटबाट घाइते भरोसी यादवले  जानकारी दिए ।
लामो समययदेखि काठचोरी र ग्राइभेल चोरीको धन्दामा लागेका वडाध्यक्षले आफ्नो काममा नसघाएको भन्दै कुटपिट गरेको पीडित परिवारले आरोप लगाएका छन् ।

मंगलबार बिहानै वडाध्यक्ष यादवले एक घर मिस्त्री पवन साहलाई समेत कुटपिट गरेका थिए ।
सिंगो परिवारमाथि कुटपिट गर्दा इलाका प्रहरी कार्यालय ढल्केबरले भने निवेदन लिन अस्वीकार गरको छ । वडाध्यक्ष संजिव यादवको नाम हटाए मात्र उजुरी दर्ता गर्ने प्रहरी निरीक्षक तीर्थ कार्कीले बताएको पीडित परिवारले सुनाए ।

यता प्रहरी निरीक्षक कार्कीले परिवारमाथि कुटपिटपछि पीडित परिवार निवेदन दिन आएको तर मिलेर गएको दावी गरे । उनले अफुले उजुरी दर्ता नगरेको कुरा झुटो रहेको समेत बताए । ‘कुटपिटको उजुरी दर्ता गर्न आएका थिए । तर पीडित परिवार आफै मिलेर गए’ उनले भने ।
गुण्डागर्दीमा उत्रेका वडाध्यक्ष संजिव यादवलाई यसअघिदेखि नै प्रहरी निरीक्षक कार्कीले सहयोग गर्दै आएका छन् ।

यसअघि पनि धनुषाधाम नगरपालिका–९ पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित घडेरी विवादमा गत जेठ २८ गते वडा अध्यक्ष संजिव यादव लगायतले महोत्तरीको गौशालाका नगरपालिकाका दिपलाल महतो र उनका भाइलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । सो घटनाको उजुरी लिनपनि प्रहरी निरीक्षक कार्की मानेको थिएनन् । पछि उजुरी दर्ता गर्दा समेत लामोसमय सम्म उनलाई प्रहरी निरीक्षकले पक्राउ गरेका थिएनन् ।

यसअघि असारको दोश्रो सातामा धनुषाधाम नगरपालिका–९ धारापानी स्थित श्री माध्यमिक प्राविधिक विद्यालयको जग्गाबाट झण्डै डेढसय टेलर ग्राइभेल वडाध्यक्ष यादवकै नेतृत्वमा चोरिएको आरोप लागेको थियो । उक्त घटनामा जेसीभी चालक र सहचालकलाई प्रहरी निरीक्षक कार्कीले कारबाही नगरी नगरपालिकालाई जिम्मा लागाएको थियो ।

काठ तस्करी र ग्राइभेल उत्खनन जस्ता धन्दामा कमाएको रकमबाट वडाध्यक्ष निरीक्षक कार्कीलाई समेत कमिसन दिने गरेको कारण उनी दुवैजनाको गहिरो सम्बन्ध रहेको स्थानीयले बताएका छन् । प्रहरीको संरक्षण पाएपछि वडाध्यक्ष यादव आफ्नो धन्दामा बाधा पुर्याउने तथा आफ्नो कुरा नमान्नेलाई जथाभावी कुटपिट गर्ने गरेका छन् ।

प्रहरी निरीक्षक कार्कीमाथि समेत तस्करसँग मिलोमतोमा खोला उत्खनन गराएको, अपराधीलाई पक्रन आनाकानी गरेको आरोप लाग्दै आएको छ ।

स्रोत :टुडेपाटि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

13 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

27 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

27 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

2 महीना पहिले