पर्साको स्थिति जस्ताको त्यस्तै !
भदौ ७
चिकित्सकहरुले भने अनुसार पर्सामा समुदाय स्तरमा फैलिएको भनिएको कारोना संक्रमण बढ्नुमा अन्य कारण त छदैंछन्, पर्साको प्रशासनको तत्कालीन नेतृत्वमा देखिएको कमीकमजोरी पनि एउटा कारण हो ।
पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले सरोकारवाला निकाय बीच गर्नुपर्ने समन्वयकारी भुमिका र प्रारम्भिक चरणका देखिएको निष्क्रियता कारणले पनि हाल पर्सामा यो भयावह अवस्थाको सिर्जना भएको छ ।
प्रशासनमा रहेका तत्कालिन नेतृत्वबाट केही कमी कमजोरी भएको कुरा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले स्वीकार गरेका छन् ।
हाल जिल्ला प्रशासन कार्यालय पर्सा नयाँ प्रमुख जिल्ला अधिकारी अस्मान तमाङको नेतृत्वमा छ । त्यसबेलाका प्रजिअको भुमिकाबारे स्थानीय स्तरमा चर्को आलोचना भएपछि राजनीतिक दलका नेताहरुकै दबाब उनको सरुवा भएको बुझिन्छ । तसर्थ, नयाँ प्रजिअको भुमिका अपेक्षित रुपमा तत्कालिन प्रजिअको भन्दा बढी सक्रिय होस् भने आशा पर्साबासीको छ । हुन त, नव आगन्तुक प्रजिअ तमाङ पर्सा आएसँगै उनले केही सक्रियता बढाएकै छन् । आए लगत्तै, सरोकारवालाहरुसँग उनले बैठक बसेर अब कस्तो रणनीति बनाउने भन्नेबारे छलफल गरेका छन् । सोही अनुसार पर्सामा सेना परिचालन गरेर आगामी भदौ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याईएको छ ।
सार्वजनिक सन्चारमाध्यममा बोल्दै उनले दुख कष्ट सहेर पनि भदौ १३ गतेसम्मका लागि साथ र सहयोग दिए, समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण हुने अपेक्षा गरेको बताएका छन् । प्रजिअ तमाङले सोचे अनुरुप नै भएदिए त, पर्साबासीका लागि उनको पहल तारिफयोग्य रहने थियो । तर तत्कालिन प्रजिअ बस्नेतले उल्लेख गरेका कमीकमजोरीमा भने कुनै सुधार आएको छैन ।
अहिले पनि लुकीछिपी भारतीय नेपाल प्रवेश गरिरहेका छन् । दिनानुदिन बाहिर आएका केही तस्करीका घटनाले यसलाई प्रमाणित गरेका छन् । समाचारमा नआएका त, घटना त अन्य कयौं छन् । सर्वसाधारणको आवातजावत पनि त्यत्तिकै भइरहेको छन । कोरोना फैलुनमा सबभन्दा मुख्य कमजोरी सीमा नाकामा भएको लापरवाही नै हो ।
हाल आइसोलेसन बेडसहितको कोभिड अस्पतालको व्यवस्था गर्न आवश्यक समन्वय र सहकार्य गरी यसको अधिकतम व्यवस्थापन विस्तारका लागि आशाराम अस्पताललाई छानिए पनि यो पनि भोलिका दिनमा अपर्याप्त हुने भएकाले संकट व्यवस्थापन केन्द्रले नेशनल मेडिकल कलेजमा ३०० बेडको कोभिड अस्पताल संचालन गर्ने निर्णय हालसम्म कार्यन्वयन भएको छैन ।
यसैगरी, संकट व्यवस्थापन केन्द्रलाई भन्दा विपद व्यवस्थापन समिति मार्फत सबै पक्षलाई सक्रिय रुपमा सहभागी गराई सबै पक्षलाई सक्रिय बनाउन सके महामारी नियन्त्रणको प्रयास अझ प्रभावकारी हुन्थ्यो । सबै पक्षलाई सहभागी नगराउनु कै उदाहरण हो, हिजो आशाराम अस्पताल अगाडि स्थानीयले गरेको विरोध प्रदर्शन । नागरिक समाज, जनप्रतिनिधी लगायतका सहभागी गराएर कदम अगाडि बढाएको भए हिजोको घटना हुदैंन थियो होला ।
विभिन्न निजी अस्तपालहरुमा उपचारको लागि आएका बिरामीहरुलाई चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाएपछि अस्पताल चाहार्दा चाहार्दै बिरामीहरुको मृत्यु भएको भएकोमा त्यसबेला प्रशासनले अस्पतालहरुलाई चेतावनी दिएको थियो । तर चेतावनी दिएकै दिन फेरि सोही प्रकृतिको घटना घट्यो । नयाँ प्रमुख जिल्ला अधिकारी आगमन पश्चात पनि त्यस्ता एकाध घटना भएका छन् । तर त्यसबेला प्रशासनले दिएको चेतावनी बाहेक हालसम्म लापरवाही गर्ने अस्पतालहरुलाई केही कारवाही गरिएको छैन ।
त्यसैले, सिडियो साब ! पर्सामा कोरोना संक्रमणले गर्दा निम्तिएको यो भयावह स्थितिलाई नियन्त्रणमा ल्याउने हो भने एक्सनमा आउनुहोस् । पर्सालाई यथास्थितिबाट अघि बढाउने हो भने विगतको नेतृत्वबाट भएका कमी कमजोरीलाई सुधार गर्दै निर्णय मात्र होइन, प्रभावकारी कार्यन्वयन गर्नु आवश्यक छ ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
13 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
27 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
27 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments