कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरैको निधन

6 वर्ष पहिले प्रकाशित

(2077-05-12 B.S.)

1387 पटक देखिएको

भदौ १२ 

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरैको निधन भएको छ । शुक्रबार नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

देशका विभिन्न जिल्लामा ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मोरङका ५६ र ६५, भक्तपुरका ६४ र मकवानपुरका ७१ वर्षीया महिलाको कोरोना संक्रमण मृत्यु भएको छ । त्यस्तै, उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५ सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १९५ पुगेको छ । कुल संक्रमितमध्ये ०.५३ प्रतिशत संक्रमितको निधन भएको तथ्यांक मन्त्रालयसँग छ ।

आज उपत्यकामा ४१५ जनासहित देशभर थप ९२७ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३६ हजार ४५६  पुगेको छ । यसमध्ये २० हजार ३४३ जना निको भएका छन् भने १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

10 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले