महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि कुटपिट

6 वर्ष पहिले प्रकाशित

(2077-05-15 B.S.)

1901 पटक देखिएको

भदौ १५ 

महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि रुपमा कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।

सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् । 

पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि ती महिलाले लगाएको कपडा च्यातेर कुटपिट गरेको पीडित महिलाकी पतिले बताए । दुई वर्षअघि ती महिलाले विजय चौधरीसँग प्रति बजार एक हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिनुभएकाे छ ।  

पैसा लेनदेनको विषयमा बसेर छलफल गर्न भनिए पनि चौधरी दाजुभाईले शारीरिक रुपमा अशक्त महिलामाथि कुटपिट गरेकाे पीडित पक्षले बताएका छन् । 

घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएकाे बताइएकाे छ । तर  घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएकाे छ ।

स्रोत :महोत्तरी पोस्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले