बारामा आजबाट निषेधाज्ञा खुकुलो हुने

6 वर्ष पहिले प्रकाशित

(2077-05-16 B.S.)

3420 पटक देखिएको

बारा ,भदौँ १६

बारामा आजबाट निषेधाज्ञा खुकुलो हुने भएको छ ।जिल्ला सुरक्षा समिति र डिसिसिएमसीको बैठकले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । बैठकले खाद्यान्न, किराना पसल, ग्याँस, इन्धन, दूध डेरी, तेल, घिउ, मरमसलासमेतका अन्य पसल व्यावसायहरु बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुल्ला गर्ने र यसको लागि भौतिक दुरी कायम राख्नु पर्ने निर्णय गरेको छ ।

साथै दैनिक उपभोग्यजन्य तरकारी, माछा, मासु तथा फलफूल पसलहरु पनि संचालन गर्न पाइने भएको छ । कलैयाको मुख्य बजार क्षेत्रको पूर्वतर्फ हनुमान मन्दिर, पश्चिम नेपाल बाल संगठनको भवन, उत्तर देवकोटा चोक र दक्षिण पावरहाउस चोकको चार किल्लाबाहिरमात्र त्यस्ता बस्तुहरु बिक्री वितरण गर्न पाइने छैन ।

त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरुमार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयहरुले भने स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भदौँ १७ गतेदेखि सेवा प्रवाहको व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।

बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य संचालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरेको छ ।

निर्णय अवज्ञा गरी सवारी साधन वा मोटरसाईकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले