मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय

6 वर्ष पहिले प्रकाशित

(2077-05-19 B.S.)

1985 पटक देखिएको

भदौ १९ 

प्रदेश सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएकोे छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल शुरु गर्नको लागि समितिले भनेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभयो । प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ । संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्नको लागि तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्न सबै तयारी अगाडी बढाउनको लागि उहाँले निर्देशन दिनुभएको हो । भएको जनशक्तिलाई व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगको मार्पmत थप गर्ने प्रक्रिया अघि बढाउने जानकारी मुख्यमन्त्री राउतले दिनुभयो ।

हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरुमा हुने गरेको छ । तर, त्यो दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको छ । कोभिड विशेष अस्पताल तयार गर्नको लागि आवश्यक श्रोतसाधन र जनशक्ती व्यवस्थापनको जिम्मा सम्बन्धित मन्त्रालयहरुलाई दिइएको छ ।

बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो । रकमको आवश्यकक्ता महसुस गरेर १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अव एक्सनमा आउनुपर्ने तर्क गर्नुभयो । विगतको निर्णयहरुलाई कार्यान्वयन गरेर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो । समाजिक विकास मन्त्री नवल किशोर साहले विगतको निर्णयहरु तत्काल कार्यान्वनय गर्नुपर्नेमा जोड दिनुभयो । यसै साता मात्रै सम्पन्न भएको महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरु बारे संकलित सुझावहरु बैठकमा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले