जग्गाको कित्ताकाट गर्नेसम्बन्धी गरेका पूर्वनिर्णय बदर
भदौ २८
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट गर्नेसम्बन्धी गरेका पूर्वनिर्णय बदर भएका छन्।मन्त्रालयले साबिकका निर्णय बदर गर्दै अब भूमि सम्बन्धी ऐन तथा नियमावली जारी भएपछि मात्रै नयाँ कित्ताकाट हुने जनाएको हो।
तर, भदौ १८ गतेको निर्णय भने जीवित नै रहेको मन्त्रालयको दाबी छ। तर, त्यही निर्णयमा भने नियमावली कार्यान्वयन आएपछि स्थानीय सरकारले कित्ताकाट गर्नेछन् भनिएको छ।
भदौ १८ को निर्णयले भूमिसम्बन्धी ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रतिकूल तथा कृषियोग्य जमिनको विनाश गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट विरोध भएको थियो।
‘भू-उपयोग नियमावली जारी नहुञ्जेलसम्मको लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट २०७७/५/१८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ मन्त्रालयका सहसचिव दीपककुमार पहाडीद्वारा हस्ताक्षरित निर्णयमा भनिएको छ।
यससँगै मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर भएको मन्त्रालय निर्णयमा उल्लेख छ।
मन्त्री अर्यालले कृषिबाहेक अन्य जग्गाको कित्ताकाट २०७५ पुस २७ गते खुलाएकी थिइन्।
‘पहिले भएका निर्णयहरू बदर भएका हैनन्, स्थानीय सरकार सञ्चालन ऐन र भूमिसम्बन्धी ऐन लागू भइसकेको सन्दर्भमा ऐनअनुसार हुनेमात्र भनिएको हो,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने, ‘बदर भएको भन्न मिलेन, यसअघि मन्त्रीस्तरका निर्णय जे भए पनि अब ऐनअनुसार काम हुने भन्न खोजिएको हो।’
यसअघि भदौ १८ मा भएको निर्णयले ऐन-कानुनलाई प्रष्ट उल्लेख नगर्दा अन्यौल देखिएकाले थप व्याख्या गरेर अर्को निर्णय ल्याउनु परेको उनले बताए।
‘यो मन्त्रालयले ल्याएको निर्णय हो,’ उनले भने।उक्त निर्णयअनुसार अब जुनसुकै किसिमका जग्गाको कित्ताकाट भूमिसम्बन्धी ऐन र नियमावलीअनुसार त्यो पनि स्थानीय सरकारको सिफारिसअनुसार मात्र गर्न पाइन्छ। नियमावली मन्त्रिपरिषदमा विचाराधीन छ। सो नियमावली नआउञ्जेल जग्गाको वर्गीकरण हुँदैन।
नियमावलीले केन्द्रमा संघीय भू-उपयोग परिषद, प्रदेश भू-उपयोग परिषद र स्थानीय तहमा स्थानीय भू-उपयोग परिषद गठन गर्छ। सबैभन्दा शक्तिशाली परिषद स्थानीय तहको हुन्छ।
उसले केन्द्रले बनाएका नीति कार्यान्वयन गर्ने, योजना स्वीकृत/कार्यान्वयन गर्ने, लगत संकलन, विश्लेषण, उपयोग, मापदण्ड, कारबाही सबै गर्ने हुनाले भूमि कित्ताकाट, वितरणमा अधिकारसम्पन्न निकाय उही हो।
स्थानीय तहमा भू-उपयोग परिषद बनाएपछि मात्र कानुनी रुपमा भूमि कित्ताकाट गर्न पाइने भूमिसम्बन्धी ऐनमा व्यवस्था छ।
स्थानीय तहमा भू-उपयोग परिषद बनाएपछि मात्र कानुनी रूपमा त्यसले भूमि कित्ताकाटको अधिकार पाउँछ।
तर, नियमावली कार्यान्वयनमा नआउनञ्जेल अंशबण्डालगायतका साधारण कित्ताकाट भने पुरानै ऐनकानुन अनुसार जारी रहने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनायो।
‘हाल भू-उपयोग ऐन २०७६ जारी भए पनि सो ऐनले भूमिको वर्गीकरण गरी सोही बमोजिम प्रयोगमा ल्याउन प्रदेश तथा स्थानीय तहले स्थानीय भू-उपयोग योजना स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था छ, स्थानीय सरकार सञ्चालन ऐनअनुसार कित्ताकाटको सिफारिस गर्ने अधिकारी सम्बन्धित वडा समितिमा रहेको छ, सो ऐनअनुसार गाउँपालिका र नगरपालिकाको पूर्वस्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण गर्न वा प्लटिङ गर्न नपाइने व्यवस्था छ,’ मन्त्रालयको निर्णयमा उल्लेख छ।
२०७५ पुस २७ मा निर्देशन जारी गर्दा भएको ऐनको परिच्छेद नै परिवर्तन भइसकेको निर्णयमा उल्लेख छ।
‘पहिले भएका निर्णय बदर भएको बुझ्नुपर्छ, अब भू-उपयोग नियमावली नआई कित्ताकाटहरू हुँदैनन्,’ विभागका महानिर्देशक शेषनारायण पौडेलले भने।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
13 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
27 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
27 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments