निषेधाज्ञाका कारण केरा किसान समस्यामा परे
बारा, भदौ २८
कोरोना प्रभाव पछि जारी निषेधाज्ञाका कारण बाराका केरा किसान समस्यामा परेका छन् ।गत चैत्र ११ गते देखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् ।कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा परेका हुन् ।
देश लकडाउनमा परे पछि बाराका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाए पछि बारी मै सड्न थालेको हो । गत चैत देखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुँन सकेको छैन् । कहिले सवारी साधनमा जोर बिजोर प्रणली लागु हुँने गरेको छ त कहिले खाने कुराबाट कोरोनाको संक्रमण फैलिन्छ भन्ने हल्लाका कारण स्थानीय उत्पादनले बजार नपाएको हो ।
केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका बारा निजगढका केरा उत्पादक किसान अहिले निराश बनेका छन् ।केरा व्लकबाट बिकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतबारी मैं कुहिन थालेको छ ।
खेतबारी बाटै प्रति कोषा ५ रूपियाँमा बिक्री हुँदै आएको केरा बिगत लामो समय देखि चलेको लगडाउनले प्रति कोसा १ रुपियाँ पनि मुल्य नपाए पछि केरा खेतबारी मैं कुहिन थालेको हो । नगदे बाली उँखु खेति गर्दै आएका बाराका किसानलाई चिनीमीलहरुले समयमा भुक्तानी नदिए पछि पछिल्लो समय पेशा परिवर्तन गर्दै केरा खेति तर्फ आकार्षित हुँदै आएका थिए ।
निजगढ नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि बस्तु भाउलाई खुवाउन थालेका छन् । निजगढ नगरपालिका वडा नं.९ की लक्ष्मि खरेलले मुल्य नपाए पछि गाई बस्तुलाई केरा खुवाउँन थालेको बताईन् । अघिल्ला वर्षमा यो सिजन केराबारी वरपर गाडीका लाईन लाग्थे अहिले भने सुनसान छ । यही हिउद र वर्षामा आएको हावा हुरीको नोक्सानी र लामो समयको लकडाउनले निम्त्याएको यो महामारीले निजगढका केरा व्यावसायी उठ्न नसक्ने अवस्थामा पुगेका छन् ।
केराले मुल्य नपाए पछि व्यावसायीका केरा खेतबारी मै कुहिएका छन् । भने केहिले आफ्ना बस्तु भाउलाई खुवाउँने गरेको अर्का किसान बद्री प्रसाद चिमरियाले बताएका छन । यता निजगढ नगरपालिकाले बिभिन्न कारणले निम्त्याएको यो बिपतबाट किसानहरुको मनोवल गिर्न नदिनका लागि प्रदेश , केन्द्र सरकारसँग राहतका निम्ति पहल गर्न निजगढ नगरपालिकाले जनाएको छ । निजगढ नगरपालिका केरा व्लकबाट बिकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा यहाँका किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि चिन्तीत बनेका हुन् । अन्य बालीको तुलनामा केरा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुँने गरेको किसानहरु बताउँ छन् ।
केरा व्यापारीहरुले खेत बारी मै आएर उत्पादन उठाई दिने र हातोहात नगद पाइँने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments