५ सय कोराना संक्रमित सम्पर्कविहीन
असोज २ गते
राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।
काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो । दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो ।
काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताए। उनले राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको बताए।
‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन । परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन् । परीक्षण गर्दा पोजेटिभ आएर सम्पर्क गर्दा स्विच अफ हुने गरेको छ।’ –उनको भनाइ थियो।
कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकेको बताए। उनले भने– ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं ।’
प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उनको भनाइ थियोे । ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन । तैपनि हामीलाई यही विषयले सधैंजसो तनाब हुने गरेको छ।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो । कामपाले सार्वजनिक गरेको तथ्यांकमा त्यस्तो संख्यालाई नखुलेको भनी उल्लेख गरेको छ ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ । कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले शुरुआती चरणमा यस्ता घटना भएपछि अहिले कमी हुन थालेको बताए । उनले भने– ‘केहीलाई खोजी गर्न पत्राचार भएको थियो, केहीलाई पक्राउ गरी बुझाइसकेका छौं ।’ तर कामपाको स्वास्थ्य विभागले अझै संक्रमण भएर भाग्नेको संख्या बढ्दो क्रममा रहेको दाबी गरेको छ ।
एसएसपी ज्ञवालीले भने शुरुमा विदेशबाट जहाजमा आएका नेपालीले ढाँट्ने गरेको र उनीहरुलाई पत्ता लगाएर आइसोलेसनमा राख्ने काम भइरहेको बताए। जनस्वाथ्य विभाग प्रमुख कुँवरले केही दिनअघि मात्र काठमाडौंबाट भागेर चितवन पुगेका एक संक्रमितलाई पक्राउ गरेर ल्याइएको बताए।
लतितपुर महानगरपालिका कोरोना सम्पर्क अधिकृत देवी गुरुङले ललितपुरमा करिब ७५ जनाले झुटो विवरण पेस गरेको बताए। उनले भने– ‘तीमध्ये केहीलाई खोजी गरेर सम्बन्धित ठाउँमा पु¥याएका छौं ’
स्वास्थ्य सेवा विभागले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला जनस्वास्थ्यले महानगरपालिकालाई गलत सूचना दिने संक्रमितको खोजी गर्न आग्रह गर्दै पत्र पठाउने गरेको र सोही आधारमा गलत सूचना दिनेको कन्ट्याक्ट ट्रेसिङ गरी खोजी गर्ने गरेको छ ।
काठमाडौं परिसर प्रमुख ज्ञवालीले अहिले यस्ता घटना कम हुने गरेको दाबी गर्दै सम्बन्धित निकायले आग्रह गरेअनुसार खोजी गर्ने गरेको जानकारी दिनुभयो । गलत सूचना उल्लेख गरेर संक्रमित भएको जानकारी हुनेबित्तिकै फरार हुनेको संख्या सरकारले गोप्य राखेको छ । कामपाले भने सबै विवरण पारदर्शी गर्र्नुपर्ने भन्दै लिस्ट सार्वजनिक गर्ने गरेको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments