आज प्यारो नेपालि रोधीघर धामाकाटप -५ समितिको समुहबाट महोत्तरी नेत्रबिहीनसंघलाई रकम हस्तान्तरण कार्यक्रम सम्पन्न
असोज ९ , गौशाला
आज मिति २०७७ असोज ९ गतेको दिन गौशाला वडा न.४ मा अवस्थीत महोत्तरी नेत्रहीन संघलाइ विदेशमा रहेको प्यारो नेपाली रोधिघर धामाका टप -५ समितिको समूहद्वारा रकम रु.१ लाख १८ हजार हस्तान्तरन कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा विदेशमा स्थापना भएको उक्त समुहको २० जना सदस्यहरुले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा अध्यक्षता गर्नुभएको महोत्तरी नेत्रहीन संघका अध्यक्ष सर्वजित झालाइ उक्त बिदेशी समुहबाट उपस्थित प्रतिनिधिद्वारा सो रकम हस्तान्तरण गरिएको हो प्राप्त रकम तत्कालको लागि ट्रेनिंग व्यवस्थापन खर्च र पछी उद्योग संचालनको लागि उपयोग गरिने महोत्तरी नेत्रहीन संघका सल्लाहकार विरेन्द्र महतोले जानकारी दिनु भएको छ ।

नेपालमा रोजगारी नपाएर यहाका अधिकांस मानिसहरु बिदेशिएका छन् स्वत परिवारको खर्च धान्नको लागि कठिनाइ भैरहेको अवस्थामा पनि प्यारो नेपाली रोधीघर धामाका टप -५ समितिको समुहले यस्तो परोपकारी सहयोग गरेकोमा महोत्तरी नेत्रहीन संघले आभार प्रकट गरेको छ ।
सरकारले रातो कार्ड भएका अपाङ्गहरुलाइ मात्र आवश्यक सुबिधा प्रदान गरेको छ ।जसको कारणले कार्ड नभएका गरिव ,असहाय अपाङ्गहरु उक्त सुबिधाबाट बन्चित भएकोमा अन्याय भएको भनेर प्रदेश न. २ का माननीय भरत प्रसाद साहद्वारा यसप्रति ध्यानाकर्षण गराउन कार्यक्रममा उपस्थित पत्रकारहरुले आह्वान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै माननीय भरत प्रसाद साहले आगामी दिनहरुमा पनि आफुसंग हुन सक्ने आर्थिक तथा अन्य सहयोग निरन्तर रुपमा गर्ने भनेर प्रतिबद्धता जनाउनु भएको छ ।
जुन सहयोगको रुपमा महोत्तरी नेत्रहीन संघले प्राप्त गरेका छन् त्यो रकम निकै कम रहेको छ, तरपनि थोपा थोपा पानी मिलेर नदि बन्दछ र नदि मिलेर समुद्र बन्छ भन्ने भावना बोकेर उक्त रकम सकारात्मक रुपमा खर्च गर्ने महोत्तरी नेत्रहीन संघले जनाएको छ ।
भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय , अपाङ्गहरु शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा सबल हुन्छन जसबाट उनीहरुले कसैको सानो सहयोगबाट पनि आफ्नो जीवनमा ठुला ठुला काम गर्न सक्छन ।
जसरि प्यारो नेपाली रोधीघर धामाका टप-५ समितिले यस्तो परोपकारी काम गरेको छ, त्यसरी यदि सम्पूर्ण निकायबाट यस्ता असहाय अपाङ्गहरुलाई सहयोग पुगेमा उनीहरुको मनोबल बढ्ने रेडियो जुनताराका पत्रकार निरन्जन साहले बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.२ का माननीय भरत प्रसाद साह , पत्रकार राजकरण महतो ,रेडियो जुनताराका पत्रकार निरन्जन साह ,पत्रकार धनवीर महतो लगायत नेत्रहीन समूहरुको उपस्थित रहेको थियो ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
16 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments