बलात्कारको आरोपमा एक पुरुष पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-06-13 B.S.)

1690 पटक देखिएको

असोज १३ 

संघिय संसदभित्र बलात्कारिलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग उठिरहेकै बेला रौतहटको कटहरिया नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा कटहरिया नगरपालिका  १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए । 

सोमबार राती ९ बजे सोहि टोलकी एक  १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडितले बताएकी छिन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । त्यसलगतै पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।  

ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी ईन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको थियो । पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र पीडितका बुबाको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रबि रावलले जानकारी दिए । पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले