देशकै ठूलो औषधि उद्योग भयो बन्द

6 वर्ष पहिले प्रकाशित

(2077-06-14 B.S.)

1703 पटक देखिएको

असोज १४ 

देशकै ठूलो औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालि बन्द भएको छ । नगदमा कच्चा पदार्थ किनेर ल्याउने र औषधि उधारोमा बेच्दा रकम अभावले २ हप्ता देखि यो उद्योग बन्द भएको हो । उद्योग बन्द गर्दै व्यवसापनले क्यास फ्लो (नगद अभाव) ले बन्द गर्नुपरेको जनाएको छ । 

उद्योगले व्यवस्थापनले भनेको छ–‘‘बजारबाट पैसा उठ्दैन ।  सबै कच्चा पदार्थ विदेशबाट  ल्याएर नेपालमा औषधि बनाउनुपर्छ । औषधि जति उधारोमा बेच्ने अनि कच्चा पदार्थ किन्ने बेलामा नगदमा किन्ने । कहिलेसम्म नगदमा ल्याएर उधारोमा बेच्न सकिन्छ । देउराली जनता फर्मास्युटिकल्स प्रालिका अध्यक्ष हरिभक्त शर्माले भने, ‘एकातिर बजारमा औषधिको माग शून्यमा झेरेको छ ।

उधारो उठ्न सकेको छैन । त्यसमाथि पनि सरकारले धेरै औषधिका कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर लगाएको छ । यी सबै कारणले गर्दा थेग्न नसकेपछि बन्द गर्नुपरेको हो ।’ शर्माले त्यही भएर केही समयका लागि उद्योग बन्द गरिएको जानकारी दिएका छन् । उद्योगले अहिले अत्यावश्यक औषधि बाहेक कुनै पनि औषधि बनाएको छैन । तर, आरएन्डडी भने २४ सै घण्टा सञ्चालनमा ल्याइराखेको छ ।

उद्योगलाई धान्न गाह्रो भएर केही समयका लागि बन्द गरिएको शर्माले बताए । ‘बजारमा बेच्न नसकिने कुरा बनाएर मात्रै के गर्नु ?’ उनले भने, ‘औषधि उत्पादन गरेर खर्च बढाउनुभन्दा उत्पादन बन्द गरेर कम खर्च गर्न खोजिएको हो ।’ 

औषधि बनाएको दिनदेखि म्याद गुज्रिन सुरु हुन्छ । जे अत्यावश्यक छ, त्यो बनाएर पठाइरहेका छौं, तर अत्यावश्यक बाहेक सम्पूर्ण उत्पादन रोकिएको उनको भनाइ छ । अहिले ९० प्रतिशत उद्योग क्यास फलो (नगद अभाव) को समस्यामा छन् । त्यसबाट हामी अछुतो रहन सक्ने अवस्था रहेन । परिणमस्वरुप उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।

उद्योगले उत्पादन गर्यो बेच्नका लागि कहाँ पठाउने ? बजार बन्द भइहाल्यो । यसै पनि माग घटेको छ । त्यसमा पनि बजार पूर्ण रुपमा बन्द छ । औषधि बनाएर गोदाममा थन्क्याएर राख्ने मात्रै कुरा हुँदैन । ‘माग घटेर औषधिजन्य उद्योगको हालत त खराब भइसक्यो भने अन्य उद्योगको हालत कस्तो होला ’ शर्माले भने, ‘औषधि उद्योगभन्दा अन्य उद्योग झन अप्ठयारोमा छन् ।’ 

‘त्यसैगरी, विदेशमा बिना पैसा नभई कच्चा पदार्थ दिन मान्दैनन् । पैसा दिएर सामान किन्न बजारमा छरिएर रहेको पैसा उठ्दैन । पैसा नउठेपछि कसरी सामान मगाउनू ?’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष समेत रहेको शर्माले भने । भन्सार क्लियरेन्समै बढी समय लाग्ने गरेको छ । अहिले वीरगन्जदेखि काठमाडौंसम्म आइपुग्न १५ देखि २० घण्टा समय लाग्ने गरेको छ ।  उद्योगीले बारम्बार आफूसँग क्यास फ्लोको समस्या भएको भन्दै आइरहेका थिए । तर, उनीहरुको कुरालाई कसैले पनि गम्भीर रुपमा नलिएकाले अहिले धमाधम उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले