श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाको व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित

6 वर्ष पहिले प्रकाशित

(2077-06-30 B.S.)

4420 पटक देखिएको

Niranjan Kumar Sah

असोज ३०,गौशाला 

आज गौशाला न.पा.६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा भएको विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित भएको छ  । उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा समाजसेवीहरुले आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए  ।  विद्यालय व्यवस्थापन समिति गठन गर्न सहजता नभएर उक्त कार्यक्रम स्थगित गरिएको हो  ।

उक्त कार्यक्रममा गौशाला न.पा.वडा न.६  को वडा अध्यक्ष नथुनी राउतले अध्यक्षता गर्नु भएको थियो  ।

मन्तव्य राख्ने क्रममा गौशाला न. पा. को शिक्षक संयोजक पुरुसोत्तम अधिकारिले धेरै विवाद कारणले करिब १८ महिना देखि बन्द रहेको उक्त विद्यालय अहिले सुधारमा रहेको बताउनु भएको छ  । त्यसैगरि अभिभाबक खेसारी रायले उक्त स्कुलमा शिक्षकहरु गैरजिम्मवार भइ राम्रोसंग पठन पाठन नगरेको भनेर आरोप लगाउनु भएको छ  । उहाले आफुसंग पैसा नभएको कारणले आफुले निजि बिद्यालयमा पढाउन  नसक्ने बताउनु भएको छ  ।

त्यसैगरि अनेरास्ववियुका युवा नेता सुर्यनारायण साहले शिक्षकहरुले आफ्नो पढाई माथि आफै विश्वास नगरी आफ्ना छोराछोरीलाइ बोर्डिंग स्कुलमा पढाएको भनेर आलोचना समेत गर्नुभएको छ  । कार्यक्रममा अर्का एक अभिभावकले व्यवस्थापन समिति गठन राम्रोढंगले नभएको भनेर आलोचना गर्नुभएको छ  । उहाले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्नुपर्ने जोड दिनु भएको छ  । उक्त विद्यालयमा पहिला कोहि पनि अभिभावक अनुगमन गर्न नआएको तर अहिले विवाद गर्न आएको कार्यक्रममा आलोचना भएको छ  ।

त्यसैगरि उक्त विद्यालयका शिक्षकहरु हाजिरी गरि आफ्नो घर जाने वा खेतमा काम गर्न जाने गरेको भनेर विद्यालयको सक्रियतामा निकै नै कमि भएको भनेर पुर्व अध्यक्ष महेन्द्र राय यादवले आलोचना गर्नु भएको छ  । उहाले महोत्तरी जिल्ला भरिमा सबैभन्दा बढी अवस्था गम्भीर भएको उक्त विद्यालयमा अहिले क्रमश केहि सुधार भएको बताउनु भएको छ  । पाठ्यपुस्तक वितरण नै नगरी बिल पेश गरि विद्यार्थीहरुबाट पैसा खाने गरेको कुरा उहाले सुधार गरेको बताउनु भएको छ  ।

विवादै विवाद मा अल्झिएको उक्त विद्यालयको व्यवस्थ्पान समिति गठन स्थगित भई मिति २०७७ /०७/०४ गतेको सारिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले