सोनमा गाउँपालिकामा चारओटा शिल्यान्यास कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-07-10 B.S.)

6736 पटक देखिएको

कार्तिक ११ ,सोनमा 

सोनमा  गाउपालिकाको फरक फरक ठाउमा चारओटा शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  सोनमा गाउपालिकाको वडा न.८ को  कन्तावा नदिमा पुलको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  सोनमा गाउपलिका अध्यक्ष राजकुमार यादवद्वारा उक्त शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  उक्त शिल्यान्यास कार्यक्रमको अध्यक्षता वडा न. ८ को वडा अध्यक्ष राजदेव यादवले गर्नुभएको थियो  किसानहरुलाइ तथा जनसमुदायलाइ ओहोरदोहोर ,सामग्री ओसारपोसार गर्न सहज बनाउने उद्धेश्यले उक्त पुल निर्माण गर्न लागिएको बिशेष उपस्थित सोनमा गाउपालिका वडा न.१ को वडा अध्यक्ष तथा प्रवक्ता अशोक कुमार यादवले जानकारी दिनु भएको छ  २ करोडको योजनामा सुहानी निर्माण सेवा प्रा.लि.ले ५२ प्रतिशत बिलोमा उक्त पुल निर्माण ठेक्का लिएको उहाले जानकारी दिनु भएको छ   बिशेष गरि सोनमा गाउपालिका वडा न.१,२,३ का कृषकहरुलाई उक्त पुलबाट लाभ हुने उहाले बताउनु भएको छ 

त्यसै गरि सोनमा गाउपालिकाको सुन्दरपुरबाट जयपुर मनहर्वा जाने बाटोको बीचमा रहेको रुपनी खोलाको पुल निर्माणको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  उक्त शिल्यान्यास पनि सोनमा गाउपालिका अध्यक्ष राजकुमार यादवले गर्नु भएको छ  स्थानीय वासीहरुलाई खोला आरपार गर्न निकै कठिन हुने भएकाले सहजताको लागि पुल निर्माण गर्न लागिएको छ  १ करोड ९६ लाखको योजनामा ५२ प्रतिशत बिलोमा शुभन कन्स्ट्रक्सनलाइ उक्त पुल निर्माण ठेक्कामा दिइएको छ 

त्यसै गरि सोनमाको तरहारीबाट खेस्राहा गुलरिया जाने बाटो अन्तर्गत कन्तवा सिचाई योजनाको पुर्व पट्टि एक अस्पतालको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  उक्त शिल्यान्यास सोनमा गाउपालिका अध्यक्ष तथा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव द्वारा गरिएको छ  उक्त अस्पताल निर्माणको लागि १५ कठ्ठा जमिन मा १४ कठ्ठा जमिन अस्पतालको लागि र १ कठ्ठा जमिन बाटोको लागि छुट्याइएको छ  १५ शैय्याको व्यवस्था गरिने उक्त अस्पताल निर्माणको  लागि  स्थानीय राम प्रताप यादवले आफ्नो पुर्ख्यौली जमिन गाउपालिकाको नाममा रजिस्ट्रेसन गर्नु भएको छ  जनताको सुविधाको लागि आफ्नो स्वच्छाले उक्त जमिन दान गरेको उहाले बताउनु भएको छ 

र त्यसैगरि सोनमा गाउपालिकाकै वडा न.२ इमलिया बजारमा श्री सोनानाथ युवा क्लवको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ  सांस्कृतिक मनोरंजन समेत समावेश गरिएको उक्त कार्यक्रमको अध्यक्षता क्लवको अध्यक्ष अजय कुमार यादवले गर्नु भएको थियो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव र बिशेष अतिथिको रुपमा गाउपालिका अध्यक्ष राजकुमार यादव उपस्थित हुनुहुन्थ्यो  त्यसैगरि अतिथिमा गाउपालिका उपाध्यक्ष विभा देवी साह,साथै विभिन्न वडाका वडा अध्यक्ष, समाजसेवी ,बुद्धिजीवी ,र स्थानीयहरु उपस्थित रहेका थिए  शिक्षित ,बिकसिक र समानतामुलक समाजको निर्माणको लागि उक्त युवा क्लवको स्थापना  गरिएको क्लवको सल्लाहकार सुनिल कुमारले जानकारी दिनु भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

5 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

15 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

16 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

24 दिन पहिले