गौशाला नगरपालिकामा आज शिक्षा शाखा द्वारा आयोजित शुभकामना कार्यक्रम सम्पन्न
कार्तिक १५ , गौशाला
गौशाला नगरपालिकामा आज शिक्षा शाखा द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान चाड दशैँ ,शुभ दिपावली ,छठ तथा मुस्लिमहरुको पर्व महर्रमको शुभ उपलक्ष्यमा शुभकामा आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गौशाला नगरपालिकाको नगरप्रमुख शिवनाथ महतोले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. २ का सांसद माननीय भरत प्रसाद साह ,बिशेष अतिथि गौशाला न.पा. का उपमेयर आशा लामा तथा शिक्षा शाखाका संयोजक पुरुसोत्तम अधिकारि , गौशाला न. पा. भित्र रहेका विभिन्न विद्यालयका प्र. अ. ,शिक्षकहरु ,राजनीतिक क्षेत्र बाट पार्टीका प्रतिनिधिहरु साथै १२ वटै वडाका जनप्रतिनिधि ,समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामा दिने क्रममा शिक्षाप्रति बहस तथा त्यसको बारेमा आलोचना समेत गरिएको थियो । कार्यक्रममा शिक्षक महासंघको भवनको शिल्यान्यास सरोकारवाला शिक्षक तथा नगरपालिकालाइ जानकारी नै नगराइकन भएको भनेर त्यसप्रति आलोचना समेत भएको थियो ।

त्यसैगरि श्री राष्ट्र मा.वि.का प्र.अ.शुभकरण यादवले शिक्षकहरुले गैरजिम्मेवार भई कार्य गरेको ,शिक्षकहरुले विद्यालयको उचित व्यवस्थापन गर्न नसकेको ,उनीहरु आफ्मो मर्यादामा नबसेको र राजनीति गर्नु शिक्षकको काम नभएको भनेर त्यसप्रति आपत्ति जनाउनु भएको छ । उहाले अनलाइन कक्षा संचालनको अनुगमन स्थानीय सरकार र शिक्षक महासंघबाट पनि नभएको तथा शिक्षकहरु पनि आफ्नो विद्यार्थीप्रति जिम्मेवार भइ अनुगमन नगरेको भनेर आलोचना गर्नु भएको छ ।
उहाले आफु शिक्षक भएर शिक्षकप्रति नै आरोप प्रत्यारोप लगाउनु भएको छ ।
त्यसैगरि शुभकामना दिने क्रममा नगर प्रमुख शिवनाथ महतोले भने, "गुरु शब्द नै एउटा मर्यादित शब्द,सम्माननीय पद हुन्छ तर अहिले त्यो मर्यादित पदलाई धजिया उडाइएको प्रमाण भिडियो सहित म संग छ । जसमा गुरु चेला होटेलको टेवलमा बसेर रक्सि ,पान, गुटका खाएको कर्तुतहरु देखिएको छ । त्यति सम्म मात्र कहाँ होर ,५० वर्षको शिक्षकले एउटा वालिकालाइ ५० रुपैयाको प्रलोभन देखाएर अनैतिक कार्य गर्न प्रयास गरेको भिडियो पनि म संग छ र समय आएपछि सार्वजनिक गर्नेछु ।"
उहाले यस्तो गलत कार्यहरु 4,५ वटा संकलन गरेर राखेको बताउनु भएको छ ।
उहाले कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै र कोभिड १९ बाट बच्न आवश्यक मापदण्डहरु पालना गर्न आग्रह गर्दै कार्यक्रमको अन्त्य गर्नु भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
5 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
15 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
18 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments