पिपरा गाउपालिकाको अध्यक्षले दोधारे निर्णय गर्दा भंगहा नगरपालिकाका मेयर आक्रोशित

5 वर्ष पहिले प्रकाशित

(2077-07-20 B.S.)

1833 पटक देखिएको

कार्तिक २० गते

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीले जिल्ला समन्वय समितिको निर्णयमा खेलेको दोहोरो भूमिकाप्रति भंगहा नगरपालिकाका मेयर संजिव साहले आपत्ति जनाएका छन् । मेयर साहले गाउँपालिका अध्यक्ष चौधरीलाई नैतिकताको आधारमा राजिनामा दिन समेत आग्रह गरेका छन् ।

महोत्तरीले मठिहानी नगरपालिकामा कार्तिक १० गते राति भएको कुटपिट तथा आक्रमण घटना विषयमा गएको मंगलबार जिल्ला समन्वय समिति सभापति सुरेश प्रसाद सिंहको अध्यक्षतामा बैठक बसी एक विज्ञप्ती जारी गरिएको थियो । जसमा पीपरा गाउँपालिका अध्यक्ष चौधरीले हस्ताक्षर गरेका थिए । उनीहरु सबै महोत्तरीका प्रमुख जिल्ला अधिकारी समक्ष घटनाको अनुसन्धान गरी दोषीहरुमाथि कडा कारबहीको माग पनि गरेका थिए ।

तर जिल्ला समन्वय समितिको उक्त निर्णय बाहिर आएपछि पीपरा गाउँपालिका अध्यक्ष चौधरीले भोलि पल्ट बुधबार एक विज्ञप्ती जारी गर्दै समन्वय समितिका सभापति सिंहले आफ्नो पदीय हैसियतलाई दुरुपयोग गरी घटनालाई उल्टो पारेर विज्ञप्ती जारी गरेकोले त्यसप्रति आफ्नो विमती रहेको र उक्त निर्णयमा भुलबस आफ्नो हस्ताक्षर भएको एक प्रेस विज्ञप्ती जारी गरी बताएका छन् ।


गाउँपालिका अध्यक्ष चौधरीको उक्त कार्यको भंगहा नगरपालिका मेयर संजिव साहले आपति जनाउँदै एउटा पालिका प्रमुखले के कागजातमा सहीछाप गर्दैछु भन्नेसम्म नबुझेर हस्ताक्षर गर्नु दुर्भाग्यको विषय भएको बताएका छन् । समाजिक संजाल फेसबुकमा प्रतिक्रिया राख्दै मेयर साहले गलत निर्णय गरेकाले  विक्रम चौधरी प्रति भाइचारा को सम्बन्ध पनि नराख्ने भनेका छन् ।

‘जुन विषयमा घण्टौं बसह र छलफल गरी निर्णय भयो । त्यसमा उहाँले सही गर्नुभयो र आज यूटर्न लिनु भयो । यसले उहाँसंग राजनीतिक छवि छैन । आफ्नै निर्णयप्रति अडिग नहुने तपाई जस्तो पालिका प्रमुखले नैतिकताको आधारमा तुरन्तै राजिवनामा दिन आग्रह गर्दछु ।’ मेयर साहले फेसबुक लाईभमा भनेका छन् ।

गाउँपालिका चौधरी सबैकुरा बुझेर मात्र समन्वय समितिको निर्णयमा हस्ताक्षर गरेको साक्षी समेत आफु रहेको मेयर साहले दावी छ।

https://www.facebook.com/sanjeev.sah.718/videos/1738967659590987

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

6 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

18 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

26 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

26 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

26 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

26 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

29 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

30 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..