चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : हेर्नुहोस कस्तो छ योजना महोत्तरीमा

6 वर्ष पहिले प्रकाशित

(2077-07-21 B.S.)

1964 पटक देखिएको

कार्तिक २१ गते 

चाडपर्वको बेला आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै महोत्तरीमा प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ । वडादशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो । चाडपर्वको समयमा बिभिन्न आपराधिक गतिविधिहरु बढ्न सक्ने भएकाले विशेष सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विशेषगरी तिहार (दीपावली) र छठ पर्वअघि भारतीय बजारबाट विष्फोटक पदार्थ (बारुद प्रयोग गरेर बनाइएका विभिन्न आकार र क्षमताका पटाका) भित्रिने विगतको अनुभवका आधारमा सीमाक्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । “हामीले दशैं पर्व अघि देखि नै विशेष सुरक्षा योजनाका साथ काम गर्दै आएका छौं”, उनले भने, “तिहार र छठ पर्वमा सीमाक्षेत्र र अन्य भेगमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न अझ बढी सतर्कता अपनाउँदै छौं ।”

यसैगरी सशस्त्र प्रहरीको जिल्लास्थित ९ नम्वर गण हेडक्वाटर जलसागरले पनि चाडपर्व लक्षित थप योजना बनाएर मातहतका बेस क्याम्प र सीमा सुरक्षा पोष्ट (बिओपी) लाई सक्रिय बनाएको छ । यस क्रममा अवाञ्छित गतिविधि रोक्न वा नियन्त्रण गर्न जिल्लाका सबै भेगमा पिकेट (निश्चित अवधिका लागि ठाउँ तोकेर परिचालित गरिएको सुरक्षा टोली), गाडी मोवाइल (सघन गस्ती घुम्ती टोली), मोटरसाइकल गस्ती, क्विक रेस्पोन्स टिम (गुनासो वा सूचना प्राप्त हुनासाथ तत्काल परिचालित हुने टोली) र मोवाइल चेक प्वाइन्ट (ठाउँ÷ठाउँमा विशेष जाँच गर्ने टोली) परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विशेष सुरक्षा योजनाअनुसार नेपाल–भारत सीमाक्षेत्र, जिल्लाका धार्मिक स्थल, बस बिसौनी (सार्वजनिक सवारी साधनमा यात्रु चढ्ने र ओर्लने ठाउँ) मुख्य बजार तथा आर्थिक कारोबार बढी हुने बैङ्क र वित्तीय संस्था रहेका ठाउँमा सुरक्षा टोली परिचालित गरिएका छन् । यसका साथै अहिले ५७ वटा क्विक रेस्पोन्स टिम परिचालित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस योजनाअन्तर्गत जनशक्ति थपेर ५०० जना परिचालित गरिएको प्रहरी नायव उपरीक्षक बिष्टको भनाइ छ ।

त्यस्तै सशस्त्र प्रहरी बल ९ नम्वर गण हेडक्वाटर जलसागर (महोत्तरी) ले भारतीय सीमाक्षेत्रमा रहेका आठवटा सीमा सुरक्षा पोष्ट, राजश्व अनुगमन टोली र जिल्लाका सशस्त्र प्रहरी निरीक्षक नेतृत्वका बेस क्याम्प उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताइएको छ । खासमा तिहार र छठमा विष्फोटक सामग्री भित्रिने, भन्सार छलीका घटना बढ्ने विगत अनुभवका आधारमा सक्रियता बढाइएको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

तिहारको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएयता नै सशस्त्र प्रहरीले गैरकानूनी तवरले भित्रिदै गरेका करिब रु १० लाख मूल्य बराबरका सामग्री बरामद गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भिठ्ठामोर (महोत्तरी) मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

11 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

25 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

29 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

25 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

1 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

1 महीना पहिले