७ महिनादेखिको तलब पाउन नसकेपछि आन्दोलनमा उत्रिने चेतावनी
कार्तिक २२ गते
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म ल्याउन नसक्दा पालिकाका कर्मचारीहरु तलब पाउनसकेका छैनन् ।
गाउँपालिकाको गाउँसभा सम्पन्न भएपनि जनप्रतिनिधिहरूको विवादका कारण बजेट आउन नसक्दा गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले ७ महिनादेखिको तलब पाउन नसकेपछि आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकास तर्फका ८२ र १२ जना कर्मचारी गरी कूल १८० जनाले तलब पाएका छैनन् । त्यस्तै, गाउँपालिकमा प्रावि तथा मावि गरी कूल ११ वटा विद्यालय र ४ वटा स्वास्थ्य चौकी रहेका छन् ।
गएको जेठ महिनादेखि ३५ जना स्वास्थ्यकर्मीको तलब, दशैं पेश्की र क्वारेन्टाइनमा खटेकाहरूको जोखिम भत्ता बाँकी छ भने प्राथमिक विद्यालयका शिक्षकले असारदेखिको तलब र माध्यमिक विद्यालयका शिक्षकको गत वैशाखदेखिको तलब पाउन सकेका छैनन् ।
आन्तरिक विवादका कारण चालु आर्थिक वर्षको ४ महिना बित्न लाग्दा पनि बजेट आउन नसकेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ सभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीचका कुरा मिल्न नसक्दा बजेट आउन नसकेको हो ।
शिक्षक तथा स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीले तलबका लागि ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिकाको कार्यालयसमेत आउन छाडेका गाउँपालिकामा कार्यरत कर्मचारीले बताएका छन् ।
पालिकामा जनप्रतिनिधिबीचको आन्तरिक विवाद समाधान नभएसम्म बजेट आउने कुनै सम्भावना नदेखिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ । उहाँले अगाडि भने, ’यस्तो कोरोना महामारीको विषम परिस्थितिमा समेत खटेका स्वास्थ्यकर्मीले तलब पाउन अझै केही दिन कुर्नुपर्नेछ ।
महामारीमा समेत अहोरात्र खटेका स्वास्थ्यकर्मीले पालिकामा पटकपटक तलब माग्न जाँदो गाउँपालिका अध्यक्ष यादवले अख्तियारी नदिएका कारण भुक्तानी गर्न कानून बिपरित भएको भन्दै तलब दिन कठिनाइ भएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर बताउँनुहुन्छ ।
गाउँपालिका अन्तर्गत रहेका कर्मचारीले दशैंजस्तो पर्वमा समेत तलब, दशैं पेश्की र जोखिम भत्ता नपाउँदा बाध्य भएर जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्रसमेत बुझाएपनि सम्बन्धित निकायले चासो दिएको छैन ।
यता, गाउँपालिका अध्यक्ष मनोज यादवले करिब एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नै कार्यालय आउन छाडेकोले बजेट ल्याउन नसकेको उल्टै आरोप लगाउनुभयो । थप प्रतिक्रिया लिन खोज्दा उहाँले फोन काटेर सम्पर्कविहीन बन्नुभयो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments