गौशाला नगरपालिकामा भ्रष्टचारिको सम्बन्धमा नया काण्ड फेरी
कार्तिक २२ गते
गौशाला नगरपालिका मा फेरी नया भ्रष्टचारिको सम्बन्धमा काण्ड भएको छ ।
महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको घटना अढाई लाख रुपैँया घुस लिएर मिलाइएको खुलेको छ ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामाले मिलेर घटना मिलाएको खुलासा भएको हो । गौशाला नगरपालिकामा भ्रष्टाचारको र माफियाहरुको अन्त्य गर्छु भन्ने मेयरले नै भ्रष्टाचार गरेर भ्रष्टाचारीहरुको मनोवललाइ बढाएका छन् ।
पहिला पनि गौशाला नगरपालिकामा यस्ता धेरै काण्डहरु भएको छ तर त्यसको अनुशन्धान भने अधुरै रहेका छन् जनताको सेवा गर्नेले नै भ्रष्टाचार गरेपछि समाजका यस्ता अपराधजनक कार्यहरु अन्त्य हुनेमा आशंका उत्पन्न भएको छ ।
‘मुख्य अभियुक्त कर्मचारी वडाध्यक्षको छोराले मेयर–उपमेयरको खुट्टा समाएर माफी मागे र अढाई लाख रुपैँया घुस दिएर घटना मिल्यो,’ नगरपालिका स्रोतले भने ।
त्यहाँका नेकपाका केही नेताले मेयर महतो र उपमेयर लामालाई घुस दिने सेटिङ मिलाएको बताइएको छ ।
तर घटना मिलेको सुइको पाएपछि दशैँको बेला अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले फाईल लगेको खुलेको छ ।
नगरपालिकाले उजुरी नगरेपछि नगरका एक स्थानीयले गोप्य उजुरी दिएको अख्तियारले जनाएको छ ।
मोटो रकम कमिसन खाएर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर उपभोक्तालाई चेक दिइएको थियो ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो ।
पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार दिइएको थियो ।
किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।
९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको थियो । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको थियो ।
कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो ।
नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । मेयर र उपमेयरले पैसा लिएर जघन्य अपराध मिलाउने गरेको घटनाले गौशाला नगरपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् ।
‘हरेक योजनामा मेयरलाई २० प्रतिशत र उपमेयरलाई पनि त्यहीँ हिँसाबले कमिसन चाहिन्छ । कर्मचारीले पनि घुस खाएको छ । प्रमाण सहित घटना बाहिरहँदा पैसा लिएर मिलाईन्छ । यस्ता भ्रष्टले गौशाला चल्दैन् । राजीनामा दिनुपर्छ,’ स्थानीय चन्दन साहले भने ।
तर घुस लिएको विषयमा उनले विपक्षीले हल्ला फिजाएको बताए । अख्तियारले फाइल लगेर अनुसन्धान गरिरहेको मेयर महतोको भनाई छ ।
स्रोत :टुडेपाटी
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
9 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments