पुनः संक्रमणको जोखिम

6 वर्ष पहिले प्रकाशित

(2077-07-24 B.S.)

2070 पटक देखिएको

कात्तिक २४ 

कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि भएको छैन ।

एकपटक संक्रमित भएको व्यक्ति पुनः संक्रमित भए कस्तो जटिलता आउन सक्छ या प्रतिरक्षा प्रणाली बलियो भइ अवस्था सामान्य नै रहन्छ ? यसबारे विज्ञहरुकै धारणा फरक–फरक छ ।

विश्वभर नै कोरोना पुनःसंक्रमणको बहस चलिरहेको छ । नेपालमा आधिकारिकरुपमा ‘केस’हरु बाहिर नआएपनि पुनः संक्रमणको केसहरु फाट्टफुट्ट देखिन थालेका छन् ।

हङकङका ३३ वर्षीय पुरुषमा पहिलोपटक पुनः कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएकी नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको कोरोनाकै कारण मृत्युसमेत भयो ।

यी घटनाहरुपछि कोरोनाभाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने प्रश्न उब्जिएको छ । तर, पुनः संक्रमण पहिलो संक्रमणभन्दा भिन्न र जटिल हुन्छ या हुँदैन भन्नेमा विशेषज्ञहरु नै अलमलमा छन् ।

विभिन्न मुलुकमा गरिएको अनुसन्धानहरुले कोभिड–१९ विरुद्ध प्राप्त रोगप्रतिरोधी क्षमता तीनदेखि पाँच महिनासम्ममात्र रहने देखाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले केही मुलुकहरुमा कोरोना पुनः संक्रमणको केस देखिइसकेकोले पुनः संक्रमणको अवस्थालाई नर्कान नसकिने बताउनुहुन्छ ।

कोरोनाभाइरसको ‘जीन’ परिवर्तन भएपछि एकै व्यक्तिलाई पुनः संक्रमण हुने गरेको डा. पुन बताउनुहुन्छ ।

डा. पुनले नेपालमा कोरोनाभाइरसको जीन परिवर्तन भएको आधिकारिकता पुष्टि नभएपनि परिवर्तन भएको अनुमान गरिएको भन्दै नेपालमा पनि पुनः संक्रमणको जोखिम रहेको बताउनुहुन्छ ।

कोरोनाभाइरस पुनः संक्रमणपछि केहीमा सामान्यदेखि गम्भीर लक्षणहरु देखिएको डा. पुनको भनाइ छ ।

पुनः संक्रमण हुँदा स्वास्थ्य अवस्था जटिल या सामान्य के हुन्छ भन्ने स्पष्ट जानकारी आइनसकेको डा. पुनको भनाइ छ ।

यता, जनस्वास्थ्यविद्को भने फरक दाबी छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे एकपटक कोरोना संक्रमण भएर निको भएकालाई पुनः संक्रमण हुने सम्भावना न्यून रहेको र भइहालेपनि जोखिमको सम्भावन कम हुने दाबी गर्नुहुन्छ ।

निको भइसकेका व्यक्तिमा पुनः संक्रमण भए यसले आगामी दिनमा थप चुनौती खडा गर्ने विषयलाई नकार्न भने सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

9 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले