अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
मंसिर १७
माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, परोहा नगरपालिका-४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।
आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा शौचालय गएको बेलामा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीलाई गोली प्रहार गर्दा गत कात्तिक २६ गते उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका-३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माईती आई बसेको र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।
त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना असफल भएपछी पुन: अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई गोली हानी अमृताको हत्या गर्न लगाएको खुल्न आएको छ ।
उनीहरू उपर रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments