औरहीको फुलवरियामा पुल शिलान्यास कार्यक्रम सम्पन्न
मंसिर १९
आज महोत्तरीको औरही न.पा.२ फुलवरियामा जङ्गहा नदीको पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश न. २ द्वारा आयोजना गरिएको शिलान्यास समारोहमा प्रमुख अतिथि महोत्तरी क्षेत्र न. २ को संघीय सांसद तथा पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारी ,बिशेष अतिथि प्रदेश २ को भौतिक पूर्वाधार तथा बिकास मन्त्रि जितेन्द्र प्रसाद सोनल लगाएत जसपाको केन्द्रिय सदस्य राजनारायण जस्ता धेरै नेता तथा जनप्रतिनिधिहरु उपस्थित रहेका थिए ।

१६ करोड २३ लाख १९ हजार ९ सय चालिसको आयोजना रहेको उक्त पुल रसुवा /ऐश्वारिया jv(बसुन्धरा ,काठमाडौँ )लाइ १२ करोड ६५ लाख ७ हजार ८ सय सन्ताउन्नमा ठेक्का दिइएको छ । पुल निर्माण २ बर्षमा सम्पन्न हुने बताइएको छ ।
समारोहमा बोल्दै जसपा महोत्तरी जिल्लाका जिल्ला अध्यक्षले भने 'मठमन्दिर पुल निर्माण गरेर मात्र हुदैन ,किसानको सहजताको लागि खाद् मल बीउबिजनको आपूर्तिको गर्नु पनि जरुरि रहेको छ' ।

'प्रदेश न.२ का मा. कौशल यादवले भने पिछडिएको यो गाउमा पुल मात्र होइन,अझै बिकासको कमि रहेको देखिन्छ । स्कुल छ ,तर स्कुलमा शिक्षक नै छैन' ।
उनले युगौदेखि फुलवरियाका बासिन्दाहरुले दुख र कष्ट व्यतित गर्दै आएको र मालिकको आज्ञाको पालना गर्नेजस्ता पुराना परम्परा रहेको कारणले सो गाउमा बिकासको कमि देखिएको बताएका छन् ।
'अब यो गाउको बिकास निश्चित नै रहेको छ, किनभने बरिष्ट नेता मा.शरत सिंह भण्डारीले यो गाउमा पाइला टेकीसक्नु भएको छ' उनले थपे ।
२ न. प्रदेशका मा.मत्रिहरुलाइ केन्द्रिय सरकारले धेरै कम सुख सुबिधा दिएको तर्क उनले गरेका थिए ।
त्यसैगरी यो पुलको साथसाथै करिब १ कि.मी.पश्चिम रहेको झिझा नदीमा पनि पुलको निर्माण नभए यस पुलको औचित्य नहुने भन्दै त्यसको लागि प्रदेश सरकारलाइ महोत्तरी क्षेत्र न. २ को संघीय सांसद तथा पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारीले ध्यानाकर्षण गराएका छन् ।
उनले पुल निर्माणको काम गुणस्तरीय भए नभएको रेखदेख जनताले नै गर्नुपर्ने बताएका छन् ।
उनले भने 'यो संघियता जनताको देन हो, त्यसैले बिकास गर्नुपर्छ' । उनले चुनाबको बेलामा ‘अबके सरकार, मधेश सरकार ‘ नाराको सपना साकार भएको अवगत गराएका छन् । साथै उनले महोत्तरी जिल्लामा बिघी, रातु, जङ्गहा र मरहा गरि ४ ओटा नदि बिकासको लागि सबैभन्दा ठुलो चुनौती रहेको बताउदै प्रदेश २ को मध्यबिन्दु भएर पुर्व पश्चिम जोड्ने सडक बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । त्यसैगरि प्रदेश २ को भौतिक पूर्वाधार तथा बिकास मन्त्रि जितेन्द्र प्रसाद सोनलले पुल भनेको २ किनारलाई जोड्ने पूर्वाधार भएको बताएका छन् ।
गुणस्तरीय पुल बनाउन पुल ठेकेदारलाइ आग्रह गर्दै झिझा नदीको पनि पुल निर्माण गर्ने प्रतिबद्धता जनाउदै 'खेत खेतमा पानी र हरियाली ल्याउछु' भन्दै कार्यक्रम समापन उनले गरेका थिए ।
त्यसैगरी मा.कौशल यादवको भनाइ र २ न. प्रदेशका मा.मन्त्रीहरुको सुविधामा भिन्नता देखिएको नाम नभन्ने शर्तमा एक स्थानीयले बताएका छन् । यादवको भनाइ अनुसार मन्त्रीहरुलाई केहि सुबिधा नभएको तर करोडौको गाडी, करोडौको ल्यापटप प्रयोग गर्ने मा.मन्त्रीहरु यहि प्रदेश न.२मा अवस्थित रहेको उनले बताएका छन् ।
उनले भने 'आज मात्र हैन ,बर्षौ देखि यहि जिल्लामा राजनीति गर्दै आइरहनुभएका भण्डारी,रक्षा मन्त्रि लगाएत पर्यटक मन्त्रिजस्ता ११ पल्ट मन्त्रि बनिसकेका छन् ,तर खै त् बिकास' !
चुनाव नज्दिक आएपछि गाउमा आएर अनेक थरिका लोभ प्रलोभन देखाएर जनतालाई भ्रमित गर्दै जितेर गएपछि फर्केर पनि नआएको र आज पाइला टेक्दैमा कहिँ बिकास हुन्छ र ?
जो औरही न.पा.वडा न.२ को फुलवरिया गाउ भण्डारीको घर देखि २ कि.मी.को दुरीमा मात्र अवस्थित रहेको छ । तर पनि जनताले दुख भोग्दै आइरहेको गुनासो गरि दुखसो पोखेका छन् । त्यसप्रति त्यहाँका दलित समुदायहरुले आलोचना समेत गरेका छन् ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
9 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
23 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
27 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
30 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
23 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
1 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments