जातीय विवादमा वडा अध्यक्षबाट कुटिए गौशालाको कान्छा चौधरी
पुष १५ ,औरही ,ममता शर्मा ।
आज औरही नगरपालिका वडा न. ८ टिम्कियामा जातीय विवादमा गौशाला न.पा.वडा न.५ बस्ने कान्छा चौधरीमाथि कुटपिट भएको छ ।
जनकपुर वडा न.७ स्थित कलवार जातीको सार्वजनिक सम्पति रामजानकी कलवार कुट्टी रहेको छ जसको अध्यक्ष औरही न.पा.८ को अध्यक्ष नवल किशोर चौधरी रहेको र कलवार संघको सभापति गौशाला बस्ने कान्छा चौधरी रहेका छन् ।
कान्छा चौधरीको अनुसार राम जानकी कलवार कुट्टीको अध्यक्ष नवल किशोर चौधरीले सार्वजनिक जग्गा ४ कठ्ठा बेचेका छन् उनले भने 'आज हामी इठरवाको माइंजन रासविहारी चौधरी ,सोनौलको माइंजन लालविहारी चौधरी ,ससौलाको माइंजन नरेश चौधरी लगायत १० माइंजन उहाको घरमा हिसाब माग्न गएका थियौ । हिसाब माग्दा उहाहरुले बलको प्रयोग गरि कुटपिट हामी माथि गरेका छन्' ।
कुटपिट भएपछी कान्छा चौधरी गम्भीर घाइते समेत भएका छन् , जसको कारणले स्थानीयहरुले जलेश्वर बर्दिबास सडकखण्ड करिब १ घण्टा अवरोध गरेका थिए' ।

घाइते चौधरीलाइ उपचार गराउन रामगोपालपुर लागिएको थियो र त्यहा उपचार सम्भव नभएपछी त्यहाँबाट जनकपुर रेफर गरिएको उनका आफन्तजनले बताएका छन् ।
त्यसैगरि वडा अध्यक्ष तथा राम जानकी कलवार कुट्टीको अध्यक्षले आफ्नो कुरा राख्दै भने, 'यदि मैले कुट्टीको जग्गा बेचेको छु भने म सजायको भागीदार हुनेछु र कलवार समाजले जति जरीवाना गरेपनि म तिर्न तयार छु' । "जग्गा बेचेको होइन जग्गा भाडामा दिएको छु, बरु कान्छा चौधरीले आफै कुटीको जग्गामा कसैलाई नसोधिकन घर बनाएको छ र आफ्नो दोष लुकाउन मलाई जताततै जातीय भेलामा बेइज्जत गर्दै हिडेको छ । घरमा आएर लुटपिट समेत गरेको र पसलबाट पैसा समेत लुटेर लगेको भन्दै उनले कान्छा चौधरी माथि आरोप लगाएका छन्' ।
त्यस्तै एक स्थानीयले भने 'वडा अध्यक्षले जनताको सेवा गर्ने काम कम र व्यापार गर्ने काम बढि गरेका छन् । वडामा जिते पनि आफ्नो पसलमा समय बढी व्यतित गरेको कारणले सेवा ग्राहीको काममा समस्य उत्पन्न भएको छ' ।
जनताको लागि वडा कार्यालयमा समय नदिएपछी उनको पसलमै कर्मचारी पुगेर सेवा ग्राहीको काम गराउनुपर्छ भन्दै एक कर्मचारीले गुनासो गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments