आज प्रदेश २ को विभिन्न ठाउमा दुर्घटना
माघ १२ ,औरही
महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको गौशाला इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र बलवा नगरपालिका ९ अधियानपुरका २० वर्षिय प्रमोद रामको मृत्यु भएको जनाइएको छ।
ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि धनुषामाको विदेह न.पा.मा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा विदेह नगरपालिका–३ गोबराही बस्ने ३० वर्षय विनोद कुमार महरा रहेका छन् । सोमबार विहान साढे ११ बजे माटोलिन विदेहनगरपालिकाको ठाढीबाट दुहबी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।ट्याक्टर पल्टिदा स्टेरिंगले च्यापिएर चालक महराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटना भएको ट्याक्टरको नम्बर नखुलेको र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बारामा पनि गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको तर परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।
र सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगत ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments