गौशाला न.पा.को विद्यालयमा चरम लापरवाही
फाल्गुन १६ ,गौशाला
गौशाला न.पा. वडा न.५ स्थित महरा खोलाको छेउमा वा महावीर चोकमा रहेको श्री राम आधारभूत विद्यालयमा चरम लापरवाही भएको पाइएको छ । विद्यालयमा बालविकास कक्षा देखि लिएर कक्षा ४ सम्ममा जम्मा १८२ जना विद्यार्थी संख्या रहेकोमा अधिकांसभन्दा पनि कम विद्यार्थीहरु उपस्थित हुने गरेको पाइएको छ । यसमा सो विद्यालयका प्रधानाध्यापक रामप्रताप महतोका अनुसार १३०-१५० विद्यार्थी दैनिक उपस्थित हुने गरेका छन् तर फाल्गुन १२ गते विद्यार्थी उपस्थित हाजिरी रजिस्टरमा बुझ्दा फाल्गुन १२ गते सम्मको १ दिन पनि उपस्थित विद्यार्थी हरुको हाजिरी भएको थिएन । जबकि आज फाल्गुन १६ गते तेही हाजिरी रजिस्टर हेर्दा १-१५ गते सम्मको हाजिरी बनेको पाइएको छ ।
विद्यालयमा प्रतिविद्यार्थी बराबर खाजा वापत रु.१५ का दरले पाउने गरेका छन् तर जब हाजिरी नै बनेको छैन भने प्रधानाध्यापकले स्वत आफ्नो मर्जीले विद्यार्थीको उपस्थितको हाजिरी बनाएर र मनपर्दी ढंगले खाजा खर्चको विवरण तयार गरेको पाइएको छ । यसबाट यो प्रष्ट भएको छ कि सो विद्यालयमा प्र.अ., व्यवस्थापन समिति र शिक्षा शाखाको चरम लापरवाहीले सिमा नाघेको छ ।
प्रधानाध्यापक राम प्रताप महतोले आफ्नो कुरा राख्दै भनेका छन्,"मैले यो स्कुलमा एक्लैले काम गर्न नसक्ने भएको छु एक त शिक्षकको अभाव छ र अर्कोतर्फ मैले विगत २ वर्षदेखि आफ्नो तलब पाको छैन । जसले गर्दा घरपरिवार धान्न समेत कठिनाइ भएको छ । पटक पटक सम्बन्धित सरोकारवालालाइ ध्यानाकर्षण गराए पनि कुनै व्यवस्था हुन सकेको छैन । १८२ विद्यार्थी मध्य प्राय दलित र विपन्न परिवारका पढ्न आउने गर्दछन । यदि मैले पढ़ाइन भने कयौ विद्यार्थीहरुको जीवन अन्धकारमा जाने सम्भावना देखिएको छ जसले गर्दा म निस्वार्थ भावनाले यो स्कुलमा सेवा प्रदान गरिरहेको छु ।"
व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मण्डलले भने,"यस्तो लापरवाही गर्नु कानुनि अपराध हो र यस्तो कुराहरु हामीलाई थाहा नै नदिकन प्र.अ.महतोले कसोगरी यस्तो लापरवाही गरिरहेका छन् । जो विद्यार्थी न आएपनि विद्यार्थीको हाजिरी रजिस्टर आफ्नै मर्जीले बनाएका छन् र अव देखि हामी निरन्तर विद्यालयमा निगरानी गर्ने छौ।"
त्यसै गरि शिक्षा शाखाका पुरुसोत्तम अधिकारि भन्छन ,"अनुगमन गर्नको लागि हामी संग समय र कर्मचारीको निकै अभाव छ जसको कारणले यस्ता समस्याहरु उत्पन्न भएका छन् र विद्याको मन्दिरमा यस्ता भ्रष्टाचारहरु हुने गर्दछन ।" उनले यसमा शिक्षा शाखाको निकै कमि कमजोरी रहेको स्वीकार गरेका छन् ।

गौशाला न.पा.का उपमेयर आशा लामाले भन्नु भएको छ ,"हामी जनताको मत लिएर निर्वाचित भएका छौ जनताको लागि हामी रातदिन काम गर्नेछौ हाम्रो जनता माथि कुनै किसिमको अनियमितता र भ्रष्टचारी नहोस भनेर अरु पालिकाको तुलनामा म जहिले पनि जनताको घरदैलो सम्म पुग्ने गर्दछु र जनताको आशा र विश्वासलाई कहिले पनि निरास हुन दिन्नौ र यस्ता भ्रष्टाचारीहरुलाई कारवाही गर्ने नै छौ ।"
र जनताको सुख र संवृद्धि नगरपालिका बनाउने छौ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
7 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
5 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
8 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
1 वर्ष पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
1 वर्ष पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
2 वर्ष पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments