गौशाला न.पा.ले ४ बर्षको अन्तरालमा के कस्तो बिकासका काम गरे ( हेर्नुस विवरण)
चैत्र १५,गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा रहेका विभिन्न योजना तथा कार्यहरु ८०%ले सम्पन्न भएको छ । शुक्रवार गौशालाको पुरानो नगरपालिकाको भवनमा नगरप्रमुख शिवनाथ महतोले सो सम्बन्धि जानकारी गराएका छन् । नगरमा भएका बिकासका कामहरु कति सम्पन्न भएको र कति हुने अवस्थामा रहेको नगरपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । शिक्षा ,स्वास्थ्य ,खानेपानी ,बिजुली ,इन्धन ,लगायतका क्षेत्रमा ४ बर्षको अन्तरालमा भएको विकास र आउने आ.व.को असार सम्ममा बाकि बिकासको कार्यहरु पनि सहजै रुपले सम्पन्न हुने मेयर महतोले बताएका छन् । शत प्रतिशतको ८०%कार्य भैसकेको र आउने आ.व.मा ९५ %कार्य सम्पन्न हुने उनले जानकारी दिएका छन् ।
त्यसैगरि सो सम्मेलनमा उपमेयर आशा लामाले केहि महत्वपूर्ण विकास जुन गौशाला न.पा.ले गरेको छ , त्यसको बारेमा जानकारी गराउदै ,बिकासका कामहरुले पूर्ण रुपमा सफलता प्राप्त गर्नको लागि नगरपालिकाले मात्र कार्य गरेर सम्भव नहुने बताउनु भएको छ । विभिन्न संचार माध्यम तथा अन्य क्रियाकलापबाट स्थानीय स्तरमा जनचेतना प्रवाह गरेपनि त्यसको असर मानिसहरुमा राम्ररी पर्न नसकेको वा स्थानीय वासीले बुझेर पनि नबुझेको जस्तो गर्नाले प्रगतिमुलक कार्यहरुमा बाधा तथा अड्चन सिर्जना गरेको बताउनु भएको छ ।
भएका बिकासका कार्यहरु उचित रुपमा यथावत रहनको लागि सम्पूर्ण स्थानीय वासीको साथ नगरपालिकालाई आवश्यकता रहेको पनि उहाले औल्याउनु भएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख शिवनाथ महतो ,उपमेयर आशा लामा ,प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा ,नगर प्रवक्ता भोजबहादुर दर्लामी लगायत न.पा.का कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा होलीको शुभकामना समेत आदान प्रदान गरिएको छ ।
सार्वजनिक गरिएका बिकासका कार्यहरु मध्य केहि कार्यहरु तल उल्लिखित छन् :-
- गौशाला न.पाको स्वास्थ्य बिकासमा वडा न.१,८ र १२ मा ३ वटा बर्थिंग सेन्टर निर्माण गरिएको
- ज्येष्ठ नगरीको लागि न.पा.आखा शिविर संचालनमा रहेको
- गर्भवती महिलाहरुलाई पोषण सम्बन्धि कार्यक्रमहरु संचालनमा रहेको
- पाठेघर सम्बन्धि तालिमहरु संचालनमा रहेको
- गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स रे मसिन राखिएको र सोको लागि भवन निर्माण गरिएको
- वडा न.१,५,९,७,१० मा आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण भैरहेको
- नि :शुल्क बिमाका कार्यक्रमहरु संचालन भैरहेको
- खुल्ला दिसा मुक्त क्षेत्रको कार्यक्रम तथा कार्यन्वयनमा लागु गरिएको
- बिपन्न जन्य महामारी रोग नियन्त्रण कार्यक्रम रोग नियन्त्रण कार्यक्रम संचालन भएको
- १५ शैय्याको हस्पिटलको शिलान्यास भएको
- गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा जिन ,सपोर्ट ,क्षयरोग पट्ट लगाउने यन्त्र चालुमा ल्याइएको र २४ घण्टा सेवा प्रदान गरिएको
- महिला स्वयंसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन गरिने कार्यक्रमहरु संचालन भएको
- नागरिक आरोग्य गौशाला केन्द्रको स्थापना गरिएको
- क्वारेन्टाइन र आइसोलेशन संचालनमा रहेको
- युवा शिक्षा तथा क्याम्पसको लागि ६० लाखको लागतमा जग्गा खरिद गरिएको
- १ करोडको लागतमा शिक्षकहरुलाई व्यवस्थापन गरिएको
- मेयर कप प्रतियोगिता संचालन हुदै आएको र आउने आ.व.मा पनि हुने
- जिरो दरबन्दीका बिद्यालयका लागि ५६ लाख बिनियोजन गरिएको
- बगर खेत तथा बगैचाको निर्माण गरिएको

- बिपन्न दलित परिवारलाई घर तथा स्वरोजगारको व्यवस्था गरिएको
- आफ्नै लगानीमा नगरपालिकाको करिब ७ करोडको भवन तयार हुदै

- ग्रीन हाउसको निर्माण गरि संचालनमा ल्याइएको

- आश्यकताअनुसारको सडक निर्माण गरिएको

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
कमेन्ट गर्नुहोस्
view comments