औरहिमा नवनिर्मित भवन तथा सभाकक्षको समुद्घाटन कार्यक्रम सम्पन्न
चैत्र २४ ,औरही
आज औरही नगरपालिकाको श्री प्रसाद सिंह मा.वि.औरही नैनिगौरीको औरही न.पा.२ मा नवनिर्मित सभाकक्षको समुद्घाटन औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवद्वारा सु-सम्पन्न भएको छ ।
करिब २० लाखको नगरस्तरीय योजनामा उक्त सभाकक्ष तयार भएको छ । स्कुलको केहि कार्यक्रम गर्न गराउन असहज भएकोले विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको आग्रहमा नगर प्रमुखले उक्त समस्याको समाधान हुनेगरि योजनामा राखी तयार गरेको भवनको आज खुसि हर्षको साथ समुद्घाटन गरिएको छ ।

नेपाल सरकारको नमुना विद्यालय अन्तर्गत औरहिको सो विद्यालय पनि रहेको छ । नमुना विद्यालय भएपछी भौतिक संरचना लगायत सबैतिर राम्रो बिकास भएको विद्यालय हुनुपर्नेमा नगरप्रमुखले जोड दिएका छन् । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नरेन्द्र यादवले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख रहेका थिए । त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य सर्जुग यादव ,वडा न.२ का वडा अध्यक्ष बिनोद पजियार ,प्रमुख प्रशासकीय अधिकृत नविन न्योपाने ,शिक्षा शाखा प्रमुख धनबहादुर राइ ,इन्जिनियर राकेश यादव ,जसपाका नेता राजनारायण यादव ,दरेश यादव ,चन्दा दाता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा जसपाका नेता दरेश यादवले भने "भौतिक संरचना मात्र बिकास गरेर नमुना विद्यालय बन्दैन । नमुना विद्यालय बनाउनको लागि शिक्षामा पनि जोड हुनुपर्छ । अनि मात्र शिक्षा क्षेत्रमा बिकास सम्भव छ । वडा न.१ र २ मा केहि पनि बिकास भएको छैन र म सँग कहिले पनि केहि सरसल्लाह नगर प्रमुखले लिनु भएको छैन" भनेर उनले टिप्पणी गरेका छन् ।"

त्यसैगरि जसपाका नेता राजनारायण यादवले भने "बिकास र सहजीकरणमा ३ तहको सरकार धेरै कार्य गरेको छ । पहिला एउटा सानो योजना ल्याउन जिल्लादेखि केन्द्रसम्म दौडिनु पर्ने परिस्थिति थियो तर अहिले स्थानीय सरकारबाट सबै अपेक्षा पुरा भएको देखिन्छ । धेरै ठाउमा सडक तथा पुल निर्माण भएका छन् । औरही नगरपालिकामा पनि धेरै विकास भएको प्रमाण छ । पहिलेको तुलनामा अहिले औरही नगरपालिका धेरै अगाडी बढेको छ । यो सबै बिकास स्थानीय सरकार अथवा नगर प्रमुखको पहल मेहनतको फल हो त्यसैले साथिहरुलाइ टिकाटिप्पणी नगरेर र एक अर्कामाथि दोस नदेखाएर एक जुट भएर अगाडी बढ्नको लागि अनुरोध समेत उनले गरेका छन् ।"

त्यस्तै नगर प्रमुखले भने "फुहरुलाई बेग्ला बेग्लै राखियो भने त्यो फुल नै रहन्छ तर एउटा धागोमा गासियो भने माला बन्छ । त्यस्तै यदि हामी एकजुट भएर अगाडी बढ्यौ भने यो नगरपालिका नमुनापालिका बन्ने छ । विकासमा सबैभन्दा बढी विकास शिक्षामा हुनुपर्छ किनभने शिक्षाबाट नै सबै बिकासका आधारहरु प्राप्त हुन्छ । जस्तै जुन दियोमा तेल हुदैन त्यो दियो कुनै कामको हुदैन अर्थात जुन ठाउको मानिसमा शिक्षा हुदैन, त्यो ठाउमा बिकासको केहि प्रभाव हुदैन त्यसैले हामीले पहिला शिक्षामा जोड दिनुपर्छ । यो विद्यालय विधिवत नमुना विद्यालयमा पर्ने थिएन तर मेरो पहलबाट आज नमुना विद्यालयमा परेको छ । यो पालिकामा पहिला शाशक बर्गहरुले शाशन गरेर केहि बिकास गरेका छैनन् तर मैले करिब चार वर्षको अवधिमा शिक्षा,किशान ,रोजगार बृद्ध भत्ता लगायत धेरै बिकास निर्माणको काम स्कुल भवन ,धर्मशाला रोड निर्माण लगायतका कार्यहरु गरेको छु । यसमा टिकाटिप्पणी नगरिकन एक जुट भएर आउनुस, अझै बिकास हुने छन् ।"

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
4 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
8 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
15 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..

कमेन्ट गर्नुहोस्
view comments