गौशाला न.पा.को शैक्षिक क्षेत्रको अवस्था गम्भीर

5 वर्ष पहिले प्रकाशित

(2077-12-29 B.S.)

3963 पटक देखिएको

Niranjan Kumar Sah

चैत्र २९ ,गौशाला

विद्यालय शान्ति क्षेत्र र विद्याको मन्दिर तथा शिक्षा आर्जनको पवित्र थलो भएको मानिन्छ । शिक्षकहरुलाई गुरुको दर्जा दिएर मान र सम्मान गरिन्छ । तर केहि दिनदेखि गौशाला नगरपालिका अन्तर्गत शिक्षकहरुमाथि अभद्र व्यवहार कुटपिट, गालि बेइज्जत भएको पनि देखिएको छ ।

धर्म पुराणअनुसार गुरुहरुलाई इश्वर पछिको दर्जा दिइने जनविश्वासका साथै गुरुदक्षिणा दिने प्रचलन रहेको छ तर हालको समयमा गुरु दक्षिणाको सट्टा अपमानित गरिएको घटना पनि अधिकांस रुपमा दिनहु सुन्नमा आइरहेको छ ।

यसबाट यो प्रष्ट हुन्छ कि शिक्षा क्षेत्रमा ज्ञानको भण्डार नै रित्तिसकेको छ कस्तो शिक्षा प्राप्त भैरहेको छ विद्यालयहरुमा, जहा गुरु बर्गहरुको नै मान र सम्मानमा पहिरो गएको छ । जबकी स्कुलमा नै सिखाइन्छ कसैलाई आदर र मान सम्मान कसरि गर्ने तर सोहि स्थानबाट अपमानित शब्दको प्रचार प्रसार भएको देखिन्छ यसमा वास्तवमा दोषी को होला त ?

केहि दिन अगाडी कालिपुर श्री ने.र.ज.आ.वि.मा प्रधानाध्यापक देव नारायण महतोले बालबालिकाको खाजाको रकममा अनियमितता भएको बिबादको साथै गौशाला वडा न.६ को फुलकाहा भेडियाही मा.वि .मा स्कुलको प्राधानाध्यापक शैलेन्द्र ठाकुरमाथि कुटपिट भएको थियो ।

गौशाला त्रिभुवन मा.वि. मा भर्खर बितेको परिक्षाको समयमा २ सयको दरले प्रश्न पत्र शिक्षक सुमित साहद्वारा बाहिरिएको कुरा पनि आएकै हो ।

त्यस्तै गौशाला-५ श्री राम प्रा.वि मा एक महिनाको विद्यार्थी उपस्थित हाजिरी एकै दिन रातमा बनाइएको कुराले पनि संचार माध्यममा आएको थियो ।

 र अहिले भर्खरै गत चैत्र २६ गते त्रिभुवन माध्यमिक विद्यालय गौशालाका शिक्षक विनोद कुमार महतोलाई गौशाला नगरपालिका वडासचिव उमाकान्त महतो र उनकै भाइ राजेश महतोले दुव्र्यवहार गरेको घटनाले तहल्का नै मच्चाएको छ ।

शिक्षक बिनोद कुमार महतोको भनाइ अनुसार केहि दिन अगाडी उनलाई एक जनप्रतिनिधिले गोलि हानिदिने र डोर्जर जिउमा चलाइदिन्छु भन्ने धम्कि समेत दिइएको छ ।

यस्ता घटनाहरु भविष्यमा नघटोस र शिक्षा क्षेत्रलाइ मान र सम्मानित बनाउनको लागि गौशाला नगरपालिका भरिका शिक्षकहरु आईतबार विद्यालय बन्द गरि विरोध प्रर्दशनमा उत्रेका छन ।

शिक्षक विनोद कुमार महतोलाई दुव्र्यवहार गरेको घटनालाई लिएर पिडितलाई न्यायको माग गर्दै विरोध प्रर्दशन गरिएको हो ।  हातहातमा प्लेकार्ड वोकी त्रिभुवन मा.वि.बाट शुरु भएको शिक्षकहरुको रयाली वजारको विभिन्न भागको परिक्रमा गर्दै गौशाला नगरपालिकाको कार्यालय अगाडि पुगि सम्पन्न भएको छ । यदि दोषीलाई कारवाही र पिडितलाई न्याय प्राप्ति नभएमा शिक्षकहरुले क्रमबद्ध आन्दोलन गर्ने शिक्षक महासंघमा अध्यक्ष नकुल उप्रेतीले चेतावनी दिएका छन् ।

आन्दोलनका कार्यक्रमहरु :

१ चैत्र २९ गते बिरोध प्रदर्शन,

२ चैत्र ३० गते कालो पट्टि बाधी पठनपाठन गराउने,

३ चैत्र ३१ चक डाउन गर्ने,

४ बैशाख ३ गते सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द गर्ने,

५ बैशाख ५ गते जिल्ला भरिको सम्पूर्ण विद्यालय बन्द गर्ने,

६ बैशाख ६ गते गौशाला नगरपालिकामा रिले अनसन गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

1 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

1 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

2 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

17 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

17 दिन पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

2 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

4 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

9 महीना पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

1 वर्ष पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

1 वर्ष पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

1 वर्ष पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..