विद्यार्थी र प्रहरीबीच झडप

5 वर्ष पहिले प्रकाशित

(2078-01-07 B.S.)

3168 पटक देखिएको

Niranjan Kumar Sah

बैशाख ७ ,हरिपुर्वा

हरिपुर्वा नगरपालिकामा आज विद्यार्थी र प्रहरीबीच झडप भएको छ l श्री केशवर गरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु करिब दुइ दिनदेखि पठनपाठनका लागि स्कुलमा तालाबन्दि गरि आन्दोलनमा उत्रिएका छन् l शिक्षक भर्नामा अनियमितता र पैसाको चलखेल भएको भन्दै हरिपुर्वा नगरपालिकाको कार्यालयमा उनीहरुले तोडफोड समेत गरेका छन् l

आन्दोलित विद्यार्थीहरुले आज हरिपुर्वा नगरपालिकाको कार्यालयमा पुगी मेयरको कक्षमा रहेको कुर्सि र टेबल तोडफोड गरेका छन् l टेबल र कुर्सि तोडफोडबाट करिब एक लाख बराबरको क्षति भएको एक पालिका कर्मचारीले बताएका छन् l

विद्यार्थीहरुले आन्दोलन गरिरहेको समयमा नगरपालिका नजिकै रहेको प्रहरी चौकीले आन्दोलन नियन्त्रण गर्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ l जसबाट प्रहरी चौकीको अगाडी लगाईएको घेरा तोडफोड भएको छ तर कुनै पनि मानविय क्षति नभएको प्रहरी चौकीले जानकारी दिएको छ l

आन्दोलनमा रहेका केहि विद्यार्थीलाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ l

त्यस्तै श्री केशवर  गरिब जनता मा.वि. मा विद्यार्थीको संख्या २ हजारको हाराहारीमा रहेको र शिक्षकको संख्या १५ जना मात्र रहेको शिक्षक दिपेन्द्र यादवले गुनासो गरेका छन् l विद्यालयमा विद्यार्थीको अनुपात अनुसार शिक्षक नभएपछी शिक्षा कसरि गुणस्तरीय हुन सक्छ भन्ने विषय लिएर विद्यार्थीहरुले २ दिन देखि स्कुलमा तालाबन्दी गरेका छन् l

सोमबार स्कुलको परिसरमा मेयर ,शिक्षा संयोजक ,माननीय महेन्द्र राइ बसेर अन्य कुराहरुप्रति छलफल गरेपनि स्कुलमा तालाबन्दी भएको बिषयमा केहि चासो नदेखाएको शिक्षकहरुले गुनासो समेत गरेका छन् l

स्कुलमा ४ शिक्षक भर्नाको प्रक्रियामा पैसाको चलखेल भएको कारणले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएको सिविल तर्फका विद्यार्थी राजेन्द्र यादवले बताएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले