गौशाला न.पा.को मेयरद्वारा औषधि चोर डाक्टरको पर्दाफास

5 वर्ष पहिले प्रकाशित

(2078-02-05 B.S.)

5567 पटक देखिएको

Niranjan Kumar Sah

जेठ ५ ,गौशाला 

निरन्जन कुमार साह 

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको नागरिक आरोग्य सेवा केन्द्रका डाक्टर प्रकाश कुमार झाले सेवा ग्राहीलाई नि:शुल्क दिनुपर्ने औषधि चोरेर अन्तै बेच्ने उद्देश्यले राखेको अवस्थामा गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले पर्दाफास गरेका छन् 

गौशाला न.पा.को पुरानो भवनस्थित नागरिक आरोग्य सेवा केन्द्र चैत्र ८ गतेदेखि संचालनमा ल्याइएको हो   जसको उद्देश्य रोगहरुबाट लड्नको लागि औषधिको मात्रै आवश्यकता नभई आयुर्वेदिक उपचारको आवश्यकता परिपूर्ति गर्ने र ज्येष्ठ नागरिकहरु जो विभिन्न रोगहरुबाट ग्रसित हुन्छन ,उनीहरुलाई नि:शुल्क रुपमा सेवा प्रदान गर्ने रहेको गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बताएका छन् 

उक्त सेवा केन्द्रमा सेवा प्रदान गर्नको लागि आयुर्वेद डाक्टर प्रकाश कुमार झालाइ करार सेवामा नियुक्ति गरिएको थियो   नगरपालिकाले सेवाग्राहिहरुलाई नि:शुल्क रुपमा प्रदान गर्नको लागि उपलब्ध गराएको २३ प्रकारको औषधि मध्य केहि औषधि उनि स्वयम्ले लुकाएर राखी सेवाग्राहिसंग पैसा लिएर दिने गरेका छन् 

उनले स्वर्गीय रामभरोस साहको छोरा प्रमोद साह जो सोहि सेवा केन्द्रमा सरसफाई गर्ने कार्य गर्दछन उनको घरमै उनलाई प्रलोभन दिई सतावरी चुर्ण ,बिल्वादी चुर्ण ,अजुवाइन चुर्ण , पुस्यानुग चुर्ण गरि ७० थान र ११ थान तेल एक थान चियापति प्रमोदको घरमा लुकाएर राखिएको एक गोप्य सूचनाको आधारमा न.पा.का मेयर र उपमेयर ,प्रमुख प्रशासकीय अधिकृत समेतको टोलीले संयुक्त रुपमा बरामद गरिएको छ 

बरामद गरिएको औषधि र प्रमोदलाइ समेत पक्राउ गरि गौशाला इलाका प्रहरीको कार्यलयमा जिम्मा लगाइएको छ  

"यस्तो कार्य गर्ने डाक्टरलाइ हामी  हदैसम्म कारवाही गर्नेछौ र नागरिक आरोग्य सेवा केन्द्रबाट नि:शुल्क रुपमा सेवा प्रदान गर्नेछौ " भनेर गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले प्रदिबद्धता व्यक्त गर्नुभएको छ  कोरोना महामारीको बिपत घडीमा आफ्नो नगरवासीलाई सेवा दिनको लागि २४ घण्टा सचेत र सेवायुक्त कोरोना हस्पिटल तयार गरिएको पनि जानकारी उहाले दिनुभएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

4 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

8 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

15 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

17 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

23 दिन पहिले